Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १२ लाख ८ हजार कित्ता बोनस सेयर सूचिकृत

अर्थ संसार

विहीबार, १७ चैत्र २०७८, १७ : १२ मा प्रकाशित

नेप्सेमा १२ लाख ८ हजार कित्ता बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडलेको २८ प्रतिशत बोनस बापतको १२ लाख ८ हजार ७ सय ८९ दशमलव १५ कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाकाे मंसिर २८ गते सम्पन्न भएकाे नवौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

624590772f385.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको