Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको कडा निर्देशन :अत्यावश्यक बाहेकका वस्तुको आयात ठप्प पार्नु

अर्थ संसार

सोमबार, २१ चैत्र २०७८, २० : ०१ मा प्रकाशित

राष्ट्र बैंकको कडा निर्देशन :अत्यावश्यक बाहेकका वस्तुको आयात ठप्प पार्नु

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई आयातमा थप कडाइ गर्न निर्देशन दिएको छ ।  राष्ट्र बैंकले सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र (एलसी) खोल्न कडाइ गर्न निर्देशन दिएको छ । बढ्दो आयातका कारण अर्थतन्त्र संकटमापर्दै गएको राष्ट्र बैंकको बुझाई छ। 

छलफलमा नेपाल राष्ट्र बैंकका तर्फबाट सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, अनुसन्धान विभागका डा प्रकाश श्रेष्ठ र विदेशी विनिमय विभागका रामु पौडेल सहभागी थिए। 

राष्ट्र बैंकको निर्देशन पछि एलसी खोल्नलाई अब कडाई हुने देखिएको छ।  छलफलमा अत्यावश्यक बाहेकका वस्तुको आयात ठप्प पार्नुपर्ने रणानीति राष्ट्र बैंकले अघि सारेको बैंकरहरुको बुझाई छ  ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको