Like us!
Follow us!
Connect us!
Watch us!

अर्ध बार्षिक समिक्षा :सेयर बजार सम्बन्धी पहिले कै नियम यथावत, उत्पादनशील क्षेत्रको कर्जा ब्याजदर अन्य क्षेत्र भन्दा कम

अर्थ संसार

विहीबार, ०५ फागुन २०७८, २१ : १६ मा प्रकाशित

अर्ध बार्षिक समिक्षा :सेयर बजार सम्बन्धी पहिले कै नियम यथावत, उत्पादनशील क्षेत्रको कर्जा ब्याजदर अन्य क्षेत्र भन्दा कम

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ काे मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा सेयर बजार सम्बन्धी पहिले कै नियम यथावत राखेको छ। 

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिमको भारमा पुनरावलोकन गर्ने भनेता पनि यसको लागि समय सिमा भने तोकेको छैन। 

तेस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने विभिन्न प्रकृतिका कर्जाहरुमध्ये उत्पादनशील क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर अन्य क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदरभन्दा कम हुने गरी फरक पार्ने सम्बन्धमा अध्ययन गर्ने भनेको छ  । राष्ट्र बैंक अनुसार यो व्यवस्था आगामी त्रैमासदेखि कुनै एक क्षेत्रबाट नमूनाको रुपमा कार्यान्वयनमा ल्याइनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको