नेपाली अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार आए पनि पूँजीगत खर्च कम हुँदा आन्तरिक अर्थतन्त्र भने चलायमान हुन सकेको छैन ।
चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षामा सरकारले एक वर्षको वस्तु तथा सेवाको आयात धान्न सकिने बिदेशी मुद्रा सञ्चिति रहेको बताउँदै नेपाली अर्थतन्त्र लयमै रहेको बताएपनि चालु आर्थिक वर्षको पुँजीगत बजेट २२.४० प्रतिशत मात्रै खर्च भएको तथ्यांकले आन्तरिक अर्थतन्त्रमा संकट देखिएको छ ।
गत आर्थिक वर्ष ०७९/८० मा पूँजीगत खर्च ६३.३५ प्रतिशत रहेको थियो भने चालु खर्च ८४.४६ प्रतिशत रहेको थियो । यसवर्ष अहिलेसम्मको तथ्यांक हेर्दा गत आवको भन्दा पनि कम बजेट खर्च हुने देखिएको छ । सरकारले विकास निर्माणका कतिपय आयोजनाको भुक्तानी गर्न सकिरहेको छैन ।
रेमिट्यान्सले अर्थतन्त्रका बाह्य सूचक सकारात्मक बनेका छन्, तर आन्तरिक अर्थतन्त्रमा मन्दी नै छ ।
पछिल्ला वर्षहरूमा विभिन्न बहानाले नेपालीहरूको क्रयशक्ति कमजोर बनिरहेको छ भने बजारमा उच्च दरले महँगी बढिरहेको छ । अर्थतन्त्र मन्दीतिर गएको बताइरहे पनि सरकार र नेपाल राष्ट्र बैंक भने अर्थतन्त्र मन्दीमा गएको मान्न तयार छैन् । राष्ट्र बैंकको मापनले नेपाली बजारको महँगीलाई त्यति ठूलो नभने पनि सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।
यसैमाथि खुल्ला बजार अर्थनीतिमा चलेको उपभोग्य बजारमा प्रभावकारी नियमन नहुँदा कार्टेलिङ चलिरहेको छ । यसले बजार अनियन्त्रित छ । उपभोग बजारको मनोमानीकै कारण सबैभन्दा बढी नेपाली बजार चल्ने समय दसैंतिहारमा या वर्ष सेकेण्ड ह्याण्ड बजार फस्टाएको बताइन्छ ।
नेपाली श्रमबजारमा वार्षिक ५ लाखको हाराहारीमा युवाहरू आउने अनौपचारिक तथ्यांक छ । नेपालमा कति मानिस बेरोजगार छन् औपचारिक तथ्यांक भने छैन ।
सरकारले विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरूको तलब मासिक १३ हजार ४ सय ५० निर्धारण गरेको छ । दैनिक ज्यालादर ५ सय १७ रुपैयाँ तोकिदिएतापनी । तर, कैयौं मजदुरलाई सरकारले तोकिदिएको पारिश्रमिक पाउन धौधौ पर्छ । कतिपयलाई त न्यूनतम पारिश्रमिकबारे थाहा पनि छैन । न्यूनतम पारिश्रमिक पाएकै श्रमिकहरूको पनि सो रकमले मासिक खर्च चलाउन कठिन पर्ने गरेको छ ।
नेपालमा संविधान जारी भएपछिका वर्षमा आर्थिक अनियमितताको शृंखला बढ्दो छ । संघीय संविधानमा व्यवस्था गरिएका तीनवटै सरकारहरूमा भ्रष्टाचार र अनियमितता ओपन सेक्रेट नै बनिसकेको छ । अर्थबजार अस्तव्यस्त बन्दा सर्वसाधारणको दैनिकी कष्टकर बनिरहेको छ । संघीय संविधान जारी भएदेखि संकटमा गुज्रिरहेको नेपाली अर्थतन्त्र यतिबेला झनै संकटमा फसेको बताइन्छ । कतिपय अर्थशास्त्रीले नेपाली अर्थतन्त्रमा मन्दीको हल्ला बढी फैलाइएको भनिरहे पनि जनताको दैनिकी सहज छ भन्ने प्रश्न टड्कारो छ ।
यसै सन्दर्भमा कुरा गर्दा अर्थशास्त्री दिपेन्द्र बहादुर क्षत्रीले अर्थतन्त्र गम्भिर अवस्थामा रहेको बताएका छन् । यस्तो अर्थतन्त्रलाई सुधार गर्न सरकार केन्द्रिय बैंकले नँया निति ल्याउनुपर्ने बताएका छन् ।
‘अझै हामिले हाम्रो अर्थतन्त्र सुधार्न सकेका छैनौ । सरकार र केन्द्रिय बैंकले दोहोरो परम्परागत मौद्रिक निति जस्तै नँया नितिका लागी तयार हुनुपर्छ ’ । उनले भने ।
तथ्यांकमा त्यति खराब नदेखिए पनि आर्थिक मन्दीले नेपाली जनजिवनमा गम्भीर प्रभाव पारिसकेको उनको भनाई छ ।
उनी भन्छन् ‘राष्ट्र बैंकको रिर्पोटले बाह्य क्षेत्र मात्रै ठीक भएको भन्छ । तर, हाम्रो आन्तरिक आयात छैन । दैनिकी धान्ने वस्तु र सेवा पनि आयात मात्रै गरिरहेका छौँ । जनताले महँगीको उच्च मार बेहोरिरहेका छन् । सहकारी घाइते छन् । साना तथा मझौला उद्योग बन्द हुँदैछन्,’।
सरकारले बाह्य क्षेत्र ठीक छ भन्दै आए पनि त्यस्तो नभएको पूर्वअर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।
‘विदेशी मुद्रासञ्चिति बढ्दैमा बाह्य क्षेत्र ठीक छ भन्नु हुँदैन ,वैदेशिक रोजगारीमा जानेले अलिअलि पैसा पठाएको र पर्यटनबाट केही विदेशी मुद्रा भित्रिएको कुरा बिर्सने हो भने अहिले बाह्य क्षेत्र कुनै हिसाबले ठीक छैन ।’
तथ्यांकमा त्यति खराब नदेखिए पनि आर्थिक मन्दीले नेपाली जनजिवनमा गम्भीर प्रभाव पारिसकेको उनले बताए ।
नेपाली बैंकिङ प्रणालीको अवस्था
पछिल्लो समय नेपाली बैंकिङ प्रणालीमा कर्जा लगानीयोग्यपुँजी पर्याप्त देखिएको छ । तर बैंक वित्तीय संस्थाहरुमा निक्षेप संकलन बढे पनि कर्जा प्रवाहभने सुस्ताएको छ ।
नेपाली बैंकिङ प्रणालीमा गत साता सम्मको तंथ्याक हेर्दा बैंकिङ्ग प्रणालीमा कुल निक्षेप ६१ खर्ब ९२ अर्ब निक्षेप अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह ५० खर्ब ८० अर्ब भएको छ । जसमध्ये वाणिज्य बैंकले ४४ खर्ब ९६ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको तथ्यांकले ७ गते भने वाणिज्य बैंकले ५० खर्ब ८१ अर्ब कर्जा प्रवाह भएको देखाएको छ । सो समयमा बैंकहरुको कर्जा निक्षेप–अनुपात (सिडी रेसियो) ७९.६४ कायम भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस