Like us!
Follow us!
Connect us!
Watch us!

जाल्पा लघुवित्त र किसान लघुवित्तलाई मर्जरको अन्तिम स्वीकृति

अर्थ संसार

बुधबार, ३० जेठ २०८१, १७ : ३४ मा प्रकाशित

जाल्पा लघुवित्त र किसान लघुवित्तलाई मर्जरको अन्तिम स्वीकृति

नेपाल राष्ट्र बैंकले जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ। 

 बैंकले जेठ २९ गते जाल्पा लघुवित्त र किसान लघुवित्त वित्तीय संस्थालाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो । केन्द्रीय बैंकले ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्न अनुमति दिएको हो । नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते ‘घ’ वर्गको राष्ट्रियस्तर कार्यक्षेत्र भएको मातृभूमि लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार सञ्चालन गर्ने गरी अन्तिम स्वीकृति दिएको हो ।

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय बुटवल उपमहानगरपालिका–११, रुपन्देहीमा र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको लम्कीचुहा नगरपालिका– ४, कैलालीमा रजिष्टर्ड कार्यालय छ ।

दुई कम्पनी गत चैत १८ गते एक आपसमा मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । अन्तिम स्वीकृति पाएसँगै अब दुई कम्पनीले छिट्टै एकीकृत कारोबारको मिति तोकेर संयुक्त कारोबार सञ्चालन गर्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको