Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकद्वारा एकै वाणिज्य बैंकमा ४ पटकसम्म ‘स्पेसल इन्स्पेक्सन्’

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, १३ : १८ मा प्रकाशित

राष्ट्र बैंकद्वारा एकै वाणिज्य बैंकमा ४ पटकसम्म ‘स्पेसल इन्स्पेक्सन्’

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को बैंक सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले सुपरिवेक्षण प्रतिवेदन सार्वजनिक गरेको हो ।

आर्थिक वर्ष २०७९/८० मा राष्ट्र बैंकले ११ वटा वाणिज्य बैंकमा फुल स्कोप स्थलगत निरीक्षण गरेको छ । ११ वटा वाणिज्य बैंकमा टार्गेटेड स्थलगत निरीक्षण गरेको छ। त्यस्तै,बैंकले १८ वटा बैंकमा स्पेसल निरीक्षण गरेको छ।

बैंकले कुमारी , एनसीसी,  स्ट्याण्डर्ड चार्टर्ड, नबिल ,एनआईसी एशिया, प्रभु, सिटिजन्स, ग्लोबल आईएमई, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा र प्राइम कमर्शियल बैंकमा  फुल स्कोप स्थलगत निरीक्षण गरेको हो। लक्ष्मी, नेपाल एसबिआई, राष्ट्रिय वाणिज्य, सानिमा, सनराइज, एभरेष्ट, एनएमबि, माछापुच्छ्रे, कृषि विकास, नेपाल बैंक, र सिद्धार्थ बैंकमा टार्गेटेड स्थलगत निरीक्षण गरेको छ। 

त्यस्तै,स्पेसल निरीक्षण मा भने दुइ वटा बैंकमा ४ पटकसम्म, र दुई वटा बैंकमा ३ पटकसम्म स्पेसल निरीक्षण गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ । राष्ट्र बैंकले प्रभु र लक्ष्मी सनराइज बैंकमा ४ पटकसम्म तथा ग्लोबल आईएमई र कुमारीमा ३ पटकसम्म स्पेसल निरीक्षण गरेको छ । 

निरीक्षणमा बैंकको संचालक समितिको बैठकको एजेण्डा धेरैजसो  ऋण मूल्याङ्कन/अनुमोदन/रिकभरी कार्यहरु र खरिदसँग सम्बन्धित हुने पाइएको छ । संचालक समितिले नीतिगत विषयमा, अनुपालन, लेखापरीक्षण र जोखिम व्यवस्थापन विषयमा छलफल गर्न कम समय खर्च गरेको भेटिएको छ। केहि बैंकले रिकभरी योजना नबनाएको, अनुपालन नीति नबनाएको, संचालक शिक्षा कार्यक्रम नबनाएको । अधिकांश बैंकमा महिला संचालक नभएको । केहि बैंकले सीइओको कार्यसम्पादन मुल्यांकन नगरेको । अघिल्लो संचालक समितिको बैठकमा भएका निर्णयको कार्यान्वयन बारे र व्यवस्थापनलाई दिएको निर्देशन कार्यान्वयनबारे छलफल नभएको । जोखिम व्यवस्थापनबारे कार्ययोजना नबनाएको । फ्रेमवर्क अनुसार ऋणको जोखिमभार नतोकेको ।केहि बैंकले न्युनतम पुजीकोष कायम नगरेको ।  व्यवसाय निरन्तरता योजना नबनाएको ।इन्टर्नलाई पनि कोर बैंकिंगसँग समबन्धित काम लगाएको जस्ता विषय भेटिएको राष्ट्र बैंकले जनाएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको