Like us!
Follow us!
Connect us!
Watch us!

रुसले युद्ध अपराधको निशाना मेट्न खोज्दैछ : युक्रेनी राष्ट्रपति

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, १० : ५५ मा प्रकाशित

रुसले युद्ध अपराधको निशाना मेट्न खोज्दैछ : युक्रेनी राष्ट्रपति

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले आफ्नो ‘युद्ध अपराध’ को निशान लुकाउन खोजिरहेको आरोप लगाएका छन् । जेलेन्स्कीले राजधानी किभ नजिकैको बुचामा तीन सयभन्दा बढी मानिस मारिएका दाबी गरेका छन् । बुचा सहरको एउटा सडकमा सर्वसाधारणहरूको शवको डरलाग्दो तस्बिरहरूका कारण अन्तर्राष्ट्रिय समुदायले मस्कोको निन्दा गरेको छ ।

राजधानी किभ नजिकै चार जनालाई रुसी सेनाले गोली हानेर मारेर गाडेका प्रमाण भेटिएको जनाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘युद्ध अपराधी’ भनेका छन् । गैरकानुनी हत्याका घटनामा पुटिनले मुद्दाको सामना गर्नुपर्ने जेलेन्स्कीले बताएका छन् । 

रुसले सबै आरोपहरू अस्वीकार गरेको छ । सार्वजनिक भएका भिडियो नक्कली भएको मस्कोको दाबी छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको