Like us!
Follow us!
Connect us!
Watch us!

भौतिक पूर्वाधार मन्त्रालयले अर्थ मन्त्रालयसँग माग्यो थप ७९ अर्ब ८ करोड बजेट, कुन शिर्षकमा कति ?

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, ११ : ३८ मा प्रकाशित

भौतिक पूर्वाधार मन्त्रालयले अर्थ मन्त्रालयसँग माग्यो थप ७९ अर्ब ८ करोड बजेट, कुन शिर्षकमा कति ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्थ मन्त्रालयसँग थप ७९ अर्ब आठ करोड ८१ लाख ८७ हजार रूपैयाँ बजेट माग गरेको छ । आर्थिक वर्ष ०७८÷७९ को लागी बजेट अपुग भएको भन्दै मन्त्रालयले थप मागेको हो । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई चालु आर्थिक वर्ष लागि एक खर्ब ६३ अर्ब रूपैयाँ बजेट छुट्याएको थियो।

तर अर्थ मन्त्रालयले भने चालु आर्थिक वर्षका लागि थप बजेट दिन नसक्ने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । यो वर्षका लागि विनियोजित बजेटबाटै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय खर्च व्यवस्थापन गर्नुपर्ने अर्थको भनाई छ ।

कुन शीर्षकमा कति ?

♦ नागढुंगा सुरुङमार्ग आयोजनाको मुआब्जा वितरणका लागि– एक अर्ब १४ करोड ७५ लाख ६८ हजार रूपैयाँ।

♦ जनकपुर परिक्रमा सडक आयोजनाको मुआब्जा वितरण–२७ करोड ७४ लाख ५० हजार रूपैयाँ।

♦ मदन भण्डारी राजमार्ग मर्मत सम्भारका लागि–२ करोड रूपैयाँ।

♦सडक विभागको टिपर खरिदका लागि–९ करोड ८० लाख रूपैयाँ।

♦ बागमती प्रदेशमा सडक निर्माण–१९ करोड दुई लाख ५७ हजार रूपैयाँ।

♦ सुन्दरीजल पाटी भन्ज्याङ थानकुने चित्रे गोल्फु हेलम्बु सडक–१५ करोड रूपैयाँ।

♦ नागार्जुन कन्स्ट्रक्सन कम्पनी– ५६ लाख ९२ हजार रूपैयाँ।

♦ सपना हिमडुङ कम्पनी–दुई करोड ९३ लाख ६१ हजार रूपैयाँ।

♦ नागढुंगा सुरुङमार्ग आयोजनासँग सम्बन्धित खानेपानी कनेक्सन–६२ लाख ४३ हजार रूपैयाँ।

♦ राजविराज छिन्नमस्ता हुलाकी राजमार्ग–६० करोड रूपैयाँ।

♦ कन्चनपुर कमला सडक (पूर्वी र पश्चिम खण्ड)– ७४ करोड ९४ लाख रूपैयाँ।

♦ सडक डिभिजन दोलखा चरिकोट (सडक पुर्वाधार विकास कार्यक्रम)– ३ करोड ५४ लाख रूपैयाँ।

♦ हेइडि बानेश्वर परिसरमा भवन निर्माणका लागि–६६ करोड रूपैयाँ।

♦ वसन्तपुर कटहरिया कवागोठ पिप्रपादी गण्डक नहर सडक योजना– ९ करोड ८६ लाख ९ हजार रूपैयाँ।

♦ हलुका सवारी मर्मत–१५ लाख रूपैयाँ।

♦ राजमार्ग स्तरोन्नति तथा पुनर्स्थापना– एक अर्ब रूपैयाँ।

♦दुम्कीवास बर्दघाट, माझिटार शक्तिखोर सुरुङ मार्ग सम्भाव्यता अध्ययन– दुई करोड १२ लाख ११ हजार रूपैयाँ।

♦ नपुग तलब–पाँच लाख ८६ हजार रूपैयाँ।

♦सडक डिभिजन दोलखा चरिकोट (सडक पूर्वाधार विकास कार्यक्रम)–१३ करोड २८ लाख ५७ हजार रूपैयाँ।

♦ सडक डिभिजन जटही जनकपुर ढल्केबर सडक योजना (रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षण)– एक करोड २० लाख रूपैयाँ।

♦ मदन भण्डारी राजमार्गको सुर्खेतमा रहने कार्यालयका लागि–२३ करोड ८४ लाख ८० हजार रूपैयाँ।

♦ सडक डिभिजन लहानको राजमार्ग स्तरोन्नति– ६० करोड रूपैयाँ।

♦ मिर्चैया कल्याणपुर सडक–२० करोड रूपैयाँ।

♦ चौतारा सहरी सडक मेलम्ची खानेपानी बाँधस्थल पहुँचमार्ग–१३ करोड २८ लाख रूपैयाँ।

♦ घरभाडा थप– पाँच लाख रूपैयाँ।

♦ आदर्शचोक घ्याम्पेडाँडा सडक– पाँच करोड ९९ लाख रूपैयाँ।

♦ यान्त्रिक कार्यालय जुम्लाका लागि जग्गा खरिद गर्न– दुई करोड रूपैयाँ।

♦ धौलागाड खोला पुल मुआब्जा रकम– ७३ लाख रूपैयाँ।

♦ सेलेघाट रामेछाप साँघुटार बर्दिबास सडक– १५ करोड रूपैयाँ।

♦ नेपालगन्ज दैलेखबजार–१३ अर्ब ९ करोड रूपैयाँ।

♦ सेती राजमार्ग(दक्षिण खण्ड) –१ अर्ब ४९ करोड ८५ लाख रूपैयाँ।

♦ सितापाइला धार्के सडक स्तरोन्ती–५५ करोड रूपैयाँ।

♦ तराइ मधेश सडक पूर्वाधार विशेष कार्यक्रम– ३० करोड ८९ लाख १५ हजार रूपैयाँ।

♦ सडक पूर्वाधार विकास कार्यक्रम–२१ करोड १५ लाख रूपैयाँ।

♦ सडक पूर्वाधार विकास कार्यक्रम–पाँच करोड ८८ लाख ७६ हजार रूपैयाँ।

♦ सेनाको विस्फोटक पदार्थ डिस्पोज–पाँच लाख रूपैयाँ।

♦ सडक डिभिजन महेन्द्रनगर अन्तर्गत–सात करोड ८७ लाख ५० हजार रूपैयाँ।

♦ सडक डिभिजन बाग्लुङ अन्तर्गत–पाँच करोड चार लाख ५४ हजार रूपैयाँ।

♦ नेपाली सेना राजदलगण पाटन ब्यारेक हाताभित्र सडक निर्माण गर्न– एक करोड ४९ लाख रूपैयाँ।

♦ नारायणघाट मुग्लिन मुआब्जा –११ करोड रूपैयाँ।

♦ रुद्रपुर सालझण्डी सन्धिखर्क– एक अर्ब ५१ करोड ३६ लाख रूपैयाँ।

♦ राप्ती राजमार्ग– एक अर्ब रूपैयाँ।

♦ सडक डिभिजन चन्द्रनिगाहपुर– एक अर्ब ७६ करोड ६४ लाख २३ हजार रूपैयाँ।

♦ सडक डिभिजन लहान– एक अर्ब ७५ करोड रूपैयाँ।

♦ हिल्सा सिमकोट सडक– ९० करोड रूपैयाँ।

♦ कालीगण्डकी करिडोर– एक अर्ब ६८ करोड ८८ लाख ३० हजार रूपैयाँ।

♦ स्वर्ण सगरमाथा बृहत चक्रपथ– एक अर्ब २६ करोड रूपैयाँ।

♦ मेलम्ची बजार हेडबक्स– २४ करोड ९९ लाख ९० हजार रूपैयाँ।

♦ चामे सडक– एक अर्ब ३८ करोड ६३ लाख रूपैयाँ।

♦ मुलघाट दोभान ओलाङचुङगोला– पाँच करोड २३ लाख ७२ हजार रूपैयाँ।

♦ पुष्पलाल मध्यपहाडी राजमार्ग– ५ अर्ब ७६ करोड ८७ लाख रूपैयाँ।

♦ मलंगवा प्रहरी चौकी– १० करोड रूपैयाँ।

♦ लालबन्दी मलंगवा सडक– सात करोड २४ लाख रूपैयाँ।

♦ ईश्वरपुर बिर्ताबजार– १० करोड रूपैयाँ।

♦ फुलजोर ईश्वरपुर– १० करोड रूपैयाँ।

♦ सडक डिभिजन झापा– ११ करोड ८२ लाख ३७ हजार रूपैयाँ।

♦ मुग्लिन पोखरा सडक– १५ करोड रूपैयाँ।

♦ लामाबगर सुरुङमार्ग– दुई अर्ब ६२ करोड ८८ लाख ६० हजार रूपैयाँ।

♦ सल्ली चौरजहारी– ५० करोड रूपैयाँ।

♦ मदनभण्डारी राजमार्ग बाहुनडाँगी रुपाल– ६ अर्ब ७० करोड ९ लाख रूपैयाँ।

♦ कालगण्डक करिडोर (बाग्लुङ बलेवादेखि मलढुंगा) – ९३ करोड एक लाख ७५ हजार रूपैयाँ।

♦ कालगण्डक करिडोर गुल्मीको अर्बेनीदेखि पालुङखोला)– एक अर्ब ६५ करोड ९१ लाख ९१ हजार रूपैयाँ।

♦ प्रदेश प्रमुखको कार्यालय पोखरा– १८ लाख ७० हजार रूपैयाँ।

♦ प्रदेश प्रमुखको कार्यालय– तीन लाख रूपैयाँ।

♦ प्रदेश प्रमुखको कार्यालय लुम्बिनी– १७ लाख रूपैयाँ।

♦ हुलाकी राजमार्ग मुआब्जा– ९ करोड ७५ लाख रूपैयाँ।

♦ जनकपुर डिभिजन– १८ करोड ३३ लाख ५५ हजार रूपैयाँ।

♦ घोराही होलेरी नुबागाउँ– एक अर्ब ४६ करोड तीन लाख ७९ हजार रूपैयाँ।

♦ सुन्दरीजल पाटी भन्ज्याङ– ४० करोड रूपैयाँ।

♦ सडक डिभिजन लाहान– ४५ करोड रूपैयाँ।

♦ झापा जिल्ला तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रम– ७२ लाख रूपैयाँ।

♦ सडक सुधार तथा विकास सुधार आयोजना– २० करोड रूपैयाँ।

♦ अरनिको लोकमार्ग सूर्यविनायक धुलिखेल सडक– ९ अर्ब रूपैयाँ।

♦ सडक डिभिजन पोखरा रणनीतिक पुल निर्माण– दुई करोड ९३ लाख ८२ हजार रूपैयाँ।

♦ बेनीघाट आरुघाट सडक– ४० करोड रूपैयाँ।

♦ सडक डिभिजन पोखरा सडक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत– १२ करोड ५४ लाख रूपैयाँ।

♦ गोरखा विमलनगर मौवाटार ठाटियापोखरी– ६० करोड रूपैयाँ।

♦ कक्रहवा, रुद्रपुर सन्धीखर्क ढोरपाटन– एक अर्ब ५१ करोड ३६ लाख रूपैयाँ।

♦ विविध– दुई अर्ब १६ करोड ९५ लाख ९१ हजार रूपैयाँ।

♦ एडिबी– ८३ लाख ७३ हजार रूपैयाँ।

♦ द्वन्द्वको क्षतिपूर्ति–२६ लाख २५ हजार रूपैयाँ।

♦ फैसलाको क्षतिपूर्ति– ३५ लाख ५७ हजार रूपैयाँ।

♦ जाजरकोट, डोल्पा, दुनै मरिम, तिन्जे– एक अर्ब ८६ करोड २० लाख रूपैयाँ।

♦ छिन्चु जाजरकोट सडक– एक अर्ब ४१ करोड रूपैयाँ।

♦ टीकापुर लोडे चैनपुर– एक अर्ब १० करोड रूपैयाँ।

♦ सिद्धबाबा सुरुङ– ४७ करोड ४८ लाख २२ हजार रूपैयाँ।

♦ सातदोबाटो फ्लाइओभर– एक अर्ब ३४ करोड २० लाख ४९ हजार रूपैयाँ।

♦ काठमाडौं चक्रपथ सडक विस्तार– ४६ करोड २४ लाख रूपैयाँ।

♦ दोलालघाट बाह्रबिसे कोदारी– दुई अर्ब ५२ करोड रूपैयाँ।

♦ चन्द्रनिगर गौर– ४० करोड रूपैयाँ।

♦ रौतहट रामनगर– ४० करोड रूपैयाँ।

♦ खचुहिया धनगढी बजार– ४० करोड रूपैयाँ।

♦ रुपनी राजविराज– ४० करोड रूपैयाँ।

♦ कदमाहा चोक दक्षिण सप्तरी– ४० करोड रूपैयाँ।

♦ माडर चौरहवा– ४० करोड रूपैयाँ।

♦ कल्याणपुर सिराह सडक– ४० करोड रूपैयाँ।

♦ राजविराज हनुमाननगर– ४० करोड रूपैयाँ।

♦ डडेलधुरा– एक करोड ९५ लाख रूपैयाँ।

♦ मिलडाँडा माङगखा दोलखा– १५ करोड रूपैयाँ।

♦ सुनवल– ९ करोड २० लाख रूपैयाँ।

♦ मुग्लिन पोखरा सडक– ३१ करोड १७ लाख रूपैयाँ।

♦ पुष्पलाल मध्यपहाडी राजमार्ग– २१ लाख ३५ हजार रूपैयाँ।

♦ धनगढी खुटिया– १९ लाख ८२ हजार रूपैयाँ।

♦ नुवाकोट– १३ लाख १५ हजार रूपैयाँ।

♦ यान्त्रिक तालिम केन्द्र– २४ लाख ५५ हजार रूपैयाँ।

♦ सडक सुधार आयोजना– एक अर्ब ९ करोड ९५ लाख रूपैयाँ।

♦ भालुस्वारा वारपाक– ३० लाख रूपैयाँ।

♦ धुलिखेल अस्पताल काभ्रे– दुई करोड ३० लाख रूपैयाँ।

♦ सासेक सडक– करोड एक लाख ४६ हजार रूपैयाँ।

♦ हुलाकी राजमार्ग– दुई अर्ब ८० करोड रूपैयाँ।

♦ विराटनगर– ३४ करोड ८२ लाख ८६ हजार रूपैयाँ।

♦ कन्चनपुर कमला सडक– ४३ करोड १६ लाख ८३ हजार रूपैयाँ।

♦ काठमाडौं उपत्यका सडक विस्तार आयोजना– एक अर्ब ६ करोड ६० लाख ३३ हजार रूपैयाँ।

♦ गण्डकी प्रदेश भौतिक पूर्वाधार सहरी तथा यातायात मन्त्रालय– एक करोड २५ लाख रूपैयाँ।

♦ अन्य– दुई अर्ब ६९ करोड ७३ लाख ६२ हजार रूपैयाँ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको