Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा भारी गिरावट, किन प्यानिक भए लगानीकर्ता ?

नेप्से

मंगलबार, २२ चैत्र २०७८, १५ : १४ मा प्रकाशित

सेयर बजारमा भारी गिरावट, किन प्यानिक भए लगानीकर्ता ?

मंगलबार पनि सेयर बजारमा भारी गिरावट देखिएकाे छ । नेप्से परिसूचक उच्च अंकले घट्दा काराेबार रकम भने हिजाेकाे तुलनामा बढेकाे छ । 

अहिले लगानीकर्ताहरु जसरी त्रसित भएका छन् वास्तवमा त्यसरी आत्तिनुपर्ने अवस्था भने नरहेको बताउँछन् नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल । "चैत्र महिना भएकाले ब्याजको पनि चटारो छ केही हदसम्म लगानीकर्ताहरुले ब्याज तिर्ने पैसाको जोहो गर्नलाई पनि केही सेयर बेच्छन् तर जुन हिसाबले बजार प्यानिक देखियो वास्तवमा देशको अवस्था भने त्यस्तो पनि छैन", ढकालले भने । 

'अहिले जसरी श्रीलंकाको अर्थतन्त्रलाई देखाएर लगानीकर्ताहरुलाई प्यानिक बनाईएको छ हाम्रो देशको अवस्था त्यस्तो छैन हाम्रो र श्रीलंकाकाे बीचमा भिन्नता छ त्यहाँकाे अवस्था हेरेर यहाँ पनि त्यस्तै हुन्छ भने प्यानिक हुनुपर्ने अवस्था म देख्दिँन, हिजो राष्ट्र बैंकले वाणिज्य बैंकका सिईओहरुलाई बोलाएर जुन निर्देशन दिएको छ त्यो कुरा त बजारका लागि सकारात्मक नै छ' उनले भने 'अहिलेको बेला भनेको लगानीकर्ताहरु प्यानिक हुने भन्दा पनि आधारभुत रुपमा बलिया कम्पनीहरु किन्ने अवसर हो । ९ महिना बितिसक्यो अब बाँकी तिन महिना होल्ड गर्नसक्यो भने त लाभांश पनि पाकिहाल्छ समग्रमा बजारमा अहिले आत्तिएर प्यानिक हुनुभन्दा पनि सम्हालिएर बलिया कम्पनी थप्ने बेला हो ।'

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४६.४६ अंकले घटेर २४५२.०६ विन्दुमा झरेकाे छ । नेप्से १.८६ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.३४ अंकले घटेर ४५८.२२ विन्दुमा झरेकाे छ । 

कूल २२८ वटा कम्पनीकाे ५८ लाख ४१ हजार ९ सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३ सय ८८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाेटल तथा पर्यटनबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । 

मंगलबार हिमालयन डिष्टिलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ९ कराेड ६७ लाख ९९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज पनि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

यस दिन इमर्जिङ नेपाल लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले घटेर एक हजार ३ सय २३ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको