Like us!
Follow us!
Connect us!
Watch us!

बोनसमा लाग्ने कर तिर्न ग्लोबल आइएमई लघुवित्तको आग्रह, नतिरे बोनस नपाईने

अर्थ संसार

विहीबार, २४ चैत्र २०७८, १२ : ४७ मा प्रकाशित

बोनसमा लाग्ने कर तिर्न ग्लोबल आइएमई लघुवित्तको आग्रह, नतिरे बोनस नपाईने

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले​ आफ्ना सेयरधनीलाई बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सूचना मार्फत जानकारी गराएको छ ।  

संस्थाकाे मंसिर २८ गते सम्पन्न भएकाे नवाैँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई २८% बोनस सेयर पारित गरिएको थियाे । 

साविक स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई संस्थाले प्राप्ति गरी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ भएको मिति २०७८ वैशाख ८ गते पश्चात् सेयर खरिद गरेका सेयरधनीहरुको हकमा सो थप सेयरमा प्रचलित आयकर ऐन, २०६३ को दफा ७४ (क) अन्तर्गतको व्यवस्था बमोजिम कर लाग्ने र सो कर बापतको रकम शेयरधनी स्वंयले नै तिर्नुपर्ने साधारण सभाको निर्णय बमोजिम उक्त थप सेयरबाट आर्जित बोनस सेयरमा लाग्ने कर बापतको रकम तिर्न आग्रह गरिएकाे हाे । 

संस्थाको नाममा रहेको  बैंक खातामा कर बापतकाे रकम जम्मा गरी सोको भौचर संस्थाको इमेल [email protected] मा पठाए पश्चात् मात्र रकम जम्मा गरेको भौचर र बैंक खातामा जम्मा भएको रकमसँग भिडान गरी क्रमश: बोनस सेयर हितग्राही खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको छ ।

कर बापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं. नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य उल्लेख गर्न संस्थाले अनुराेध गरेकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

 

 

624e8ea2d58d2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको