Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५ लाख ३४ हजार कित्ता बोनस सेयर सूचिकृत

अर्थ संसार

विहीबार, २४ चैत्र २०७८, १४ : ४३ मा प्रकाशित

नेप्सेमा ५ लाख ३४ हजार कित्ता बोनस सेयर सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको २०.०३ प्रतिशत बोनस बापतको ५ लाख ३४ हजार २५ दशमलव १५ कित्ता सेयर सूचिकृत भएको हो ।

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पाैष २४ गते, शनिबार, गैँडाकाेट रिसाेर्ट, नवलपरासीमा सम्पन्न भएकाे नवाैँ वार्षिक साधारण सभाले सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २०.०३१ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.०५४ प्रतिशत नगद गरी कुल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे। 

624ea82a0953d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको