Like us!
Follow us!
Connect us!
Watch us!

एकदिनमै ५ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

अर्थ संसार

विहीबार, २४ चैत्र २०७८, १६ : १० मा प्रकाशित

एकदिनमै ५ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

 बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप संकलन एकदिनमै ५ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार चैत्र २२ गते, मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप रहेको छ । चैत्र २१ गते, साेमबार बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ४९ खर्ब १० अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा कुल निक्षेप ५ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ३ अर्बले बढेर ४३ खर्ब ४३ अर्ब पुगेकाे छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेकाे छ । कर्जा लगानी २ अर्बले बढेर ४७ खर्ब २ अर्ब पुगेकाे छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ९०.६५ प्रतिशतबाट घटेर ९०.५८ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

624ebcd0cb43f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको