Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा आइएमई जनरल इन्स्योरेन्सकाे सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेप्से

विहीबार, २४ चैत्र २०७८, १७ : २७ मा प्रकाशित

नेप्सेमा आइएमई जनरल इन्स्योरेन्सकाे सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

स्टकका अनुसार कम्पनीकाे ७ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय २ रूपैयाँ ८० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ६ सय ४५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीको वार्षिक साधारण सभा वैशाख ९ गते, लैनचौर बैंन्क्वेट, लैनचौर काठमांडौमा बिहान १० बजे सुरु हुनेछ ।

सभाले सञ्चालक समितिको गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

624ecf0f00bdd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको