Like us!
Follow us!
Connect us!
Watch us!

नासुद्वारा ३४ लाख राजस्व गायब !

पत्रपत्रिका

आइतबार, २७ चैत्र २०७८, ०६ : ११ मा प्रकाशित

नासुद्वारा ३४ लाख राजस्व गायब !

सिरहाको एक गाउँपालिकाका नायब सुब्बाले गत आर्थिक वर्षमा ३४ लाखभन्दा बढी राजस्व रकम गायब गरेको खुलेको छ। सिरहाको विष्णुपुर गाउँपालिकाको राजस्व शाखामा कार्यरत नायब सुब्बा महेन्द्रप्रसाद यादवले गत आर्थिक वर्ष ०७७/७८ मा सङ्कलन भएको ५५ लाख २७ हजार ७७ रुपियाँमध्ये ३४ लाख २३ हजार ७९० रुपियाँ बैङ्क दाखिला नगरी गायब गरेको आरोप छ।

यादवले उक्त रकम बैङ्क दाखिला नगरेको कुरा महालेखा परीक्षणको प्रतिवेदनबाट खुलेपछि गाउँपालिकाले रकम दाखिला गर्न पटकपटक मौखिक ताकेता गरेको थियो। तर, मौखिक ताकेताबाट पनि नासु यादवले रकम दाखिला गर्न आलटाल गरेपछि प्रमुख प्रशासकीय अधिकृत दीपकुमार यादवले गत चैत १५ गते तत्काल रकम जम्मा गर्न निर्देशनसहितको पत्र नै नासु यादवलाई जिम्मा लगाए।

‘नासु यादवले रकम दाखिला नगरी गायब गरेको कुरा आफूले थाहा पाउने बित्तिकै जम्मा गर्न निर्देशन दिएको हुँ। तर, उहाँले आलटाल गरेपछि मैले उहाँको नाममा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ बमोजिम २५ प्रतिशत जरिवानासहित रकम बुझाउन पत्र काटेको छु’, नासु यादवले भन्नुभयो, ‘अब उहाँले जरिवानासहित गाउँपालिकालाई ४२ लाख ७९ हजार ३३७ रुपियाँ बैङ्क दाखिला गर्नुपर्नेछ।’

वर्तमान प्रशासकीय प्रमुख दीपकुमार यादवले रकम दाखिला गर्न नासु यादवलाई पत्राचार गरेपछि मात्रै यो विषयले चर्चा पाएको हो। श्रोतका अनुसार उक्त रकम गायब हुनुमा नासु यादव, गाउँपालिकाका अध्यक्ष जागेश्वर यादव र तत्कालीन प्रशासकीय अधिकृत रविन्द्र महतबीच मिलेमतो रहेको आरोप छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको