Like us!
Follow us!
Connect us!
Watch us!

वैशाखमा निक्षेपको ब्याजदर नबढ्ने !

अर्थ संसार

आइतबार, २७ चैत्र २०७८, १५ : ४६ मा प्रकाशित

वैशाखमा निक्षेपको ब्याजदर नबढ्ने !

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बैशाख महिनामा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको छ। आज आईतबार बसेको बैंकर्स  संघको बैठकले सो निर्णय गरेको हो।  

यसअघि चैत्र महिनामा पनि वाणिज्य बैंकहरुको ब्याजदर बढेन। ब्याजदर बढाउँदा पनि निक्षेपमा सुधार हुन नसकेपछि कस्ट अफ फण्ड बढाउन किन ब्याजदर बढाउनु भन्ने निष्कर्षमा बैंकरहरु पुगेका हुन्। 

अब वैशाख महिनाका लागि बैंकहरुले चैतकै ब्याजदर प्रकाशित गर्ने छन् । जसअनुसार वाणिज्य बैंकहरुको हाल एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर तोकिएको छ । गत माघको तुलनामा फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशत बिन्दुले बढाएका थिए । फागुनमा वाणिज्य बैंकहरुले संस्थागत एक वर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत कायम गरेका थिए । सहमति अनुसार बैंकहरुले साेही ब्याजदर प्रकाशित गर्ने भएकाले वैशाख महिनाका लागि पनि निक्षेपकर्ताले उल्लेखित ब्याजदर नै पाउने छन् ।

कर्जातर्फको ब्याजदर भने बढ्न सक्ने सम्भावना उच्च छ।  बैंकहरुको आधार दर बढेको र त्रैमासिक रुपमा मात्रै कर्जाको ब्याजदर पुनरावलोकन गर्न पाइने  भएकाले आर्थिक बर्ष २०७९/८० सुरु हुनु अघिको ३ महिनाका लागि बैंकहरुले कर्जाको ब्याजदर बढाउने सम्भावना उच्च रहेको स्रोत बताउँछ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको