Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकद्वारा घान्द्रुकमा पहिलो एटीएम सञ्चालन

अर्थ संसार

सोमबार, २८ चैत्र २०७८, १० : ५० मा प्रकाशित

ज्योति विकास बैंकद्वारा घान्द्रुकमा पहिलो एटीएम सञ्चालन

ज्योति विकास बैंकले २७ गतेबाट चर्चित पर्यटकीय स्थल घान्द्रुक - कास्कीमा पहिलो एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकवर्गको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकको घान्द्रुक शाखा कार्यालय रहेको स्थानमा नै एटीएम सञ्चालनमा ल्याइएको हो ।

हिजो आयोजित एक कार्यक्रममा अन्नपुर्ण गाउँपालिका वडा नं. १० का वडा अध्यक्ष कुमार गुरूङले एटीएम बुथको समुद्घाटन गरेका थिए । कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत बलदेव थापा, पोखरा क्षेत्रीय प्रमुख विशाल लामिछाने, मानव संशाधन प्रमुख प्रजिता जोशी, घान्द्रुक शाखा प्रबन्धक प्रदिप सुनाम, अन्य कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो । 

उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष कुमार गुरूङले सो एटीएम सेवा मार्फत त्यहाँका स्थानीय वासिन्दाहरु लगायत पर्यटकहरूलाई निकै सुविधा पुर्याउने विश्वास लिएको र बैंकले थप सेवा उपलब्ध गराएकोमा धन्यवाद गरेका थिए । 

साथै बैंकले हालसालै बैंकिङ्ग पहुंचलाई थप विस्तार गर्दै जनतामाझ बैंकको पहुँच सहज बनाउने उद्देश्यले इलाम,कञ्चनबारी, लहान र कटारीमा चार नयाँ शाखा विस्तार गरेको छ।  


                                                                                                                                          

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको