Like us!
Follow us!
Connect us!
Watch us!

टिनएजमै बजार छिरेका बलामी भन्छन्, ‘कुनैदिन सेयरबाट डुबेँ भने ऋण गरेर फेरि सेयरमै लगानी गर्छु’

लगानीकर्ताको आवाज

सोमबार, २८ चैत्र २०७८, १२ : २२ मा प्रकाशित

टिनएजमै बजार छिरेका बलामी भन्छन्, ‘कुनैदिन सेयरबाट डुबेँ भने ऋण गरेर फेरि सेयरमै लगानी गर्छु’

टिनएजमै स्नातक अध्ययनको सुरुवातमा दोस्रो बजार प्रवेश गरेका यूवा लगानीकर्ता अमन बलामी आफूलाई सेयर बजारले दिएको प्रतिफलबाट पूर्ण सन्तुष्ट रहेको बताउँछन् । अर्थसंसार डटकमको कार्यक्रम लगानीकर्ताको आवाजसँगको कुराकानीमा बलामीले आफूलाई बजारले धेरै कुरा सिकाएको बताए । 

‘मैले बजारबाट धेरै कुरा पाएको छु, जुन दिनबाट बजारमा छिरेँ त्यसपछि घरबाट कलेज फी समेत माग्न परेको छैन मेरो हरेक खर्चहरु यहीँबाट आएको छ अहिले अन्य क्षेत्रमा पनि केही व्यवसाय सुरु गरेको छ त्यो पैसा पनि घरबाट नभई यहीँ कमाएको पैसा लगाएको छु’ उनले भने ‘भोलि कुनै बेला यही बजारमा सबै कुरा गुमाए भने पनि सायद म यहाँबाट बाहिरिन्न होला ऋणै खोजेर भएपनि लाग्ने यहीँ हो मैले आफ्नो भविष्य यसैमा देखेको छु तर यसमा मात्र निर्भर भने छैन ।’ 

‘पछिल्लो समय बजारमा गिरावट आउनुका पछाडि विभिन्न कारणहरु छन्’ उनले भने ‘पहिलो कुरा त बजारलाई सेयर कर्जामा लागेको ४-१२ को क्यापले नराम्रोसँग हिट गर्यो त्यसमा कुनै पनि दुईमत छैन त्यसका साथसाथै देशको अर्थतन्त्रको खस्कदो अवस्था र केहि हदसम्म रुस र युक्रेनबिचको युद्धले पनि बजारको गिरावटमा केही भूमिका खेलेको छ ।’

‘हाम्रो देशका विदेशी मुद्रा आम्दानीको मूख्य श्रोत नै रेमिट्यान्स हो जुन पछिल्लो केहि महिनादेखि निरन्तर घटिरहेको थियो यो महिना त रेमिट्यान्समा केहि सुधार आएका डाटाहरु प्रकाशित भएकाछन्’ उनले भने ‘उत्पादन र निर्यातमा हाम्रो अवस्था एकदमै कमजोर छ धेरै बस्तुहरु बाहिबाट आयात गर्नुपर्ने बाध्यता पनि छ जसले गर्दा दिन प्रतिदिन आयात बढ्दो छ भने निर्यात त नगन्य मात्रामा छ जसको प्रभाव प्रत्यक्ष रुपमा विदेशी मुद्रा संचितीमा परिरहेको छ ।'

‘मैले सुरुवात देखिनै मेरो भविष्य यही बजारमा छ भनेर नै लागेको हुँ जसले गर्दा बजार जति घट्दा पनि बजारबाट बाहिरिने बारेमा सोच्न र म सधैँ बजारप्रति आशावादी नै रहन्छु’ उनले भने ‘बजार घट्ने भनेको बढ्नलाई हो र बढ्ने भनेको नै घट्नका लागि पनि हो बस बढ्न वा घट्न कति समय लाग्ने भन्ने मात्र हो र यदी हामीले बजारको साईकलसम्म धैर्यता गर्न सक्छौँ कि सक्दैनौँ भन्ने मात्र हो ।’

बलामीसँग गरिएको भिडियो कुराकानी तल प्रस्तुत गरिएकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको