Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रको अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्रालय, पूँजी बजार समेटिने संकेत

अर्थ संसार

सोमबार, २८ चैत्र २०७८, १२ : ५३ मा प्रकाशित

अर्थतन्त्रको अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्रालय, पूँजी बजार समेटिने संकेत

अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी दिने भएकाे छ । मन्त्रालयले अर्थतन्त्रको वर्तमान अवस्थाबारे जानकारी दिने उदेश्यले आज चैत्र २८ सोमबार, सुवर्णँ हल, अर्थ मन्त्रालयमा  अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्न लागेकाे छ ।

उक्त पत्रकार सम्मेलनमा पूँजी बजारबारे विशेष सम्बाेधन हुनसक्ने संकेत देखिएकाे छ । गत शुक्रबार पनि राष्ट्र बैंककाे एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले ४-१२ काे क्यापकाे विषय उठाएका थिए । हिजाे पनि एक सम्मेलनमा बाेल्दै मन्त्री शर्माले रेमिट्यान्स पठाउनेलाई आईपीओ र एफपीओमा अलग्गै कोटा दिने गृहकार्य भइरहेको बताएका थिए ।

हिजाे मात्रै नेकपा एमालेको केन्द्रिय प्रचार विभागले पनि मुलुकको आर्थिक अवस्थाका सम्बन्धमा पत्रकार सम्मेलन आयोजना गरेको थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको