Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेन हमला : यस्तो छ रुसी क्षतिको विवरण

अर्थ संसार

सोमबार, २८ चैत्र २०७८, १५ : ४४ मा प्रकाशित

युक्रेन हमला : यस्तो छ रुसी क्षतिको विवरण

युक्रेन हमलामा रुसले १९ हजार ५ सय रुसी सेना गुमाएको युक्रेनले दाबी गरेको छ । २४ फेब्रुवरीदेखि सुरू भएको हमलामा ठूलो संख्यामा रुसी सेना मारिएको युक्रेनको सेनाले दाबी गरेको छ । 

रुसले ७२५ ट्यांक, १९२३ बख्तरबन्द, १५४ विमान र १३७ हेलिकप्टरहरू गुमाएको सशस्त्र बलका जनरल स्टाफले फेसबुकमा लेखेका छन् । यसअघि अमेरिकी नेतृत्वको सैन्य संगठन नेटोले युक्रेनमा रुसले १५ हजार सैनिक गुमाएको दाबी गरेको थियो ।

त्यस्तै, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी हमलामा १७९३ सर्वसाधारण मारिएको र २४३९ जना घाइते भएको बताएका छन् । 

यसैबीच, राष्ट्रपति जेलेन्स्कीले रुसले अर्को आक्रमणका लागि दशौँ हजार सैनिकहरू केन्द्रित गरिरहेको बताएका छन् । रूसले अब युक्रेनको पूर्वी क्षेत्रमा आफ्नो आक्रमण केन्द्रित गरिरहेको सैन्य विश्लेषकहरूको भनाइ छ । रुसले पनि  युक्रेनका  प्रमुख सहरहरुबाट आफ्ना सेना फिर्ता गरेको छ । 

मुख्य सहरबाट सेना फर्किरहेका बेला त्यहाँ ठूलो संख्यामा सर्वसाधारण मारिएका विवरण सार्वजनिक भएका छन् । एक साताअघि बुचा सहरमा पाशविक ढंगले मारिएका सर्वासाधारणहरूको शव सार्वजनिक भएको थियो । तर, ती हत्यामा आफ्नो संलग्नता नरहेको रुसी सेनाले दाबी गर्दै आएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको