Like us!
Follow us!
Connect us!
Watch us!

सुरुमा बजार बढेको मौका छोपी ब्रोकर नम्बर ४३ बाट कसले बेच्यो करोडौंको सेयर ?

बसन्त पाण्डे

सोमबार, २८ चैत्र २०७८, १६ : ४४ मा प्रकाशित

सुरुमा बजार बढेको मौका छोपी ब्रोकर नम्बर ४३ बाट कसले बेच्यो करोडौंको सेयर ?

आज साउथ एसियन बुल्स प्राइभेट लिमिटेड (ब्रोकर नम्बर ४३) बाट सर्बाधिक कारोबार भएको छ। कुल २ अर्ब २६ करोड भन्दा बढी कारोबार हुँदा ब्रोकर नम्बर ४३ बाट मात्रै २८ करोड ३९ लाख भन्दा बढीको कारोबार भएको छ। सबैभन्दा चाखलाग्दो कुरा के हो भने २८ करोड भन्दा बढीको कारोबार हुँदा खरिद ५ करोड हाराहारीको मात्रै देखिन्छ भने बिक्रि २३ करोड भन्दा बढीको देखिएको छ।  

आज बजार ४४.५६ अंकले घटेर बन्द भएतापनि सुरुवाती चरणमा ४० अङ्क भन्दा धेरैले बजार बढेको थियो। पुँजीबजार बिरोधी मानिएका र लगानीकर्ताले नरुचाएका गभर्नरलाई बर्खास्त गर्ने प्रकृया अघि बढ्नु, बैंकहरु बीच बैशाखमा निक्षेपको ब्याजदर नबढाउने सहमति हुनु, बैंकहरुमा निक्षेप बढ्दै जानु जस्ता कुराहरुको प्रभावले सेयर बजारमा उत्साह आउने र बजार बढ्ने आम लगानीकर्ताहरुको अपेक्षा बिपरित बजार उच्च अंकले घट्नुलाइ अर्थपूर्ण रुपमा लिईएको छ। बढ्ने अपेक्षा गरिएकै दिन नेप्से उच्च अंकले घट्नु र अरु बेला खासै ठुलो कारोबार नगर्ने ब्रोकरबाट सनसनीपूर्ण रुपमा ठुलो परिमाणमा सेयर बिक्रि हुनुले लगानीकर्ताहरुमा कौतुहलता बढाएको छ।  

सेयर बजारमा भारी गिरावट, गभर्नरकाे बहिर्गमनले पनि किन बढेन लगानीकर्ताकाे मनाेबल ?

साउथ एसियनबाट भएको २३ करोडको बिक्रिमध्ये ९ करोड भन्दा बढीको त नेपाल लाईफ इन्स्योरेन्स नै बिक्रि भएको देखिन्छ। त्यसैगरी एनआइसी एसिया बैंक र प्राइम कमर्सियल बैंकको सेयर पनि उच्च मात्रामा बिक्रि भएको छ। २९८३ को बिन्दुबाट घट्न थालेको बजार २४०० को एरियामा आइपुग्दा करिब ६०० अंकले घटिसकेको छ। बजारमा अब बटम लागिसक्यो बजार अब बढ्ने नै हो भन्ने विश्लेषण प्राय: सबै विश्लेषकहरुले गरिरहेको अवस्थामा यत्रो ठुलो परिमाणमा कसले सेयर बेच्यो भनेर हामीले साउथ एसियन बुल्स प्राइभेट लिमिटेडका म्यानेजर ज्ञानेन्द्र मिश्रलाइ सोधेका थियौं। कसले किन्यो वा कसले बेच्यो भन्ने जानकारी दिन नमिल्ने बताउँदै उनले आफ्नो ब्रोकरबाट पहिले पहिले पनि ठूलै कारोबार हुने गरेको तर आज नेप्सेमा टोटल कारोबार नै तुलनात्मक रुपमा कम भएकाले साउथ एसियनबाट भएको कारोबार ठूलो देखिएको हुनसक्ने धारणा व्यक्त गरे। 'बजारमा निरन्तर एकुमुलेसन भैरहेको छ, केहि दिन साइडवेज जाला तर बैशाख लाग्नेबित्तिकै बजार बढेर नै जाने देखिन्छ' उनले भने। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको