Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको ११२ औं शाखा विजयनगर भरतपुरमा

अर्थ संसार

सोमबार, २८ चैत्र २०७८, १९ : १३ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको ११२ औं शाखा विजयनगर भरतपुरमा

सांग्रिला डेभलपमेन्ट बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै भरतपुर म.न.पा. वडा नं.१६, विजयनगर, चितवनमा शाखा संचालनमा ल्याएको छ ।

बैंकले सोमवार सो शाखा संचालनमा ल्याएको हो । विजयनगर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । 

यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११२ पुगेको छ ।सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको