Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृतले कति बुझे तलब भत्ता?

अर्थ संसार

शुक्रबार, १७ चैत्र २०७९, १२ : ३३ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृतले कति बुझे तलब भत्ता?

सांग्रिला डेभलपमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृतलाई एक वर्षमा तलब भत्ता बापत १ करोड १ लाख ६६ हजार ५२ रुपैयाँ भुक्तानी गरेको छ। बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुयोग श्रेष्ठ छन्। 

बैंकले उनलाई आव २०७८–७९ को तलब बापत ४९ लाख ३ हजार २ सय, अन्य भत्ता ४७ लाख ७२ हजार ५३२ र सञ्चय कोष सुविधा ४ लाख ९० हजार ३२० रुपैयाँ भुक्तानी गरेको हो। सो रकमबाहेक औषधी उपचार, दर्घटना बीमा, मोबाइल खर्च, इन्धन खर्च तथा सवारी साधन सुवीधा बैंकको कर्मचारी विनियमावली बमोजिम प्रदान गरिने कम्पनीले जनाएको छ ।  साथै, कर्मचारी बोनस रकम बोनस ऐन, २०३० अनुसार प्रदान गरिनेछ ।  

बैंकले १८ औं वार्षिक साधारण सभा आज चैत १७ गते लैनचौरा बुटिक काठमांडौैमा सम्पन्न भएको हो। सभाले आर्थिक बर्ष २०७८/७९को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ८ दशमलव ५३४ बोनस सेयर र ० दशमलव ४४९ नगद लाभांस गरी कुल ८ दशमलव ९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको