Like us!
Follow us!
Connect us!
Watch us!

अन्तरराष्ट्रिय बजारमा १०० डलरभन्दा तल झर्‍यो कच्चा तेलको मूल्य

अर्थ संसार

मंगलबार, २९ चैत्र २०७८, ०८ : ४० मा प्रकाशित

अन्तरराष्ट्रिय बजारमा १०० डलरभन्दा तल झर्‍यो कच्चा तेलको मूल्य

कच्चा तेलको भाउ अन्तराष्ट्रिय बजारमा घट्ने क्रममा छ । चीनले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न लगाएको बन्दाबन्दी र आपूर्तिमा अवरोध आउने संभावना अलि कम भएकाले कच्चा तेलको मूल्य सय डलरभन्दा तल झरेको हो । 

सोमबारको कारोबारमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ४ दशमलव शून्य ९ प्रतिशतले घटेर ९८ डलर ५९ सेन्टमा आएको छ । 

सोमबार वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) को मूल्य ४ दशमलव ३ प्रतिशतले घटेर प्रतिब्यारेल ९४ डलर शून्य ७ सेन्टमा आएको थियो । यो पनि अघिल्लो दिनको तुलनामा ४ डलर १९ सेन्ट कम हो । अन्तरराष्ट्रीय सञ्चारमाध्यमका अनुसार रुस र युक्रेनबीच युद्धबिरामसम्बन्धी वार्ताले पनि तेल बजारमा कमी आएको हो । एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको