Like us!
Follow us!
Connect us!
Watch us!

राजस्व छली गर्नेहरू उम्कने दाउमा, शक्तिकेन्द्रमार्फत चलखेल

पत्रपत्रिका

बुधबार, ३० चैत्र २०७८, ०७ : ०४ मा प्रकाशित

राजस्व छली गर्नेहरू उम्कने दाउमा, शक्तिकेन्द्रमार्फत चलखेल

करोडौं राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालक राजनीतिक शक्तिकेन्द्रलाई प्रभावमा पारी उम्कने दाउमा लागेको पाइएको छ ।

सरकारले राजस्व छली गर्नेहरूलाई कारबाही गर्ने नीति लिए पनि त्यसविपरीत उनीहरू उम्कने दाउमा लागेका हुन् ।

अर्थ मन्त्रालयले राजस्व छली गर्ने कार्यलाई निरुत्साहित गर्दै राजस्व वृद्धि गर्ने लक्ष्य राखे पनि राजस्व छली गर्नेहरू उम्कने रणनीतिमा लागेपछि अर्थ मन्त्रालयको सो लक्ष्यमाथि समेत गम्भीर प्रश्न खडा भएको छ ।

भगवती लेमिनेट्स राजस्व छली प्रकरण

यस प्रकरणबाट बच्न भगवती लेमिनेट्सका केही सञ्चालकले शक्तिकेन्द्र धाउने कार्यलाई तीव्रता दिएका छन् । उनीहरूले अनुसन्धान प्रक्रियालाई प्रभावमा पार्न गलत उपायसमेत अपनाउन थालेको स्रोतको दाबी छ ।

राजस्व अनुसन्धान कार्यालय इटहरीले पछिल्ला दिनमा यससम्बन्धी अनुसन्धानलाई खासै प्राथमिकतामा राखेको छैन । यसले इटहरी कार्यालयको अनुसन्धान प्रक्रियामाथि नै आशंका खडा भएको छ । इटहरी कार्यालयको अनुसन्धानबाट राजस्व अनुसन्धान विभागको केन्द्रीय नेतृत्वले समेत विशेष निगरानी राख्दै आएको छ । यसले इटहरी कार्यालयलाई अनुसन्धान टुंगोमा पुर्याउन दबाब भने परेको बताइन्छ ।

इटहरी कार्यालयले अनुसन्धानलाई टुंगोमा पु¥याउन नसके विभागले केन्द्रबाटै विस्तृत छानबिन गर्नुपर्ने मागसमेत उठ्न थालेको छ । जिल्ला कार्यालयले ६ महिनाभित्र अनुसन्धान पूरा नगरे केन्द्रले नै आवश्यक छानबिन गर्नसक्ने कानुनी प्रावधान छ ।

स्रोतका अनुसार भगवती लेमिनेट्स प्रालिका सञ्चालकले छानबिन फितलो बनाउनेगरी अनुसन्धान अधिकृतलाई प्रभावमा पार्न खोजिरहेका छन् ।

सञ्चालकले विभिन्न शक्तिकेन्द्रसँग आफूहरूको सुमधुर सम्बन्ध रहेको भन्दै उम्कने अभिव्यक्ति निकटस्थसँग दिँदै आएका छन् । आर्थिक अपराधबाट उम्कन उनीहरूले विभिन्न खाले सेटिङको प्रयाससमेत जारी राखेका स्रोतको दाबी छ ।

राजस्व अनुसन्धान कार्यालय इटहरीले सञ्चालकहरू रजनीश कर्नानी, सन्तोष आचार्य र रतनलाल अग्रवालसँग बयान लिइसकेको छ । सञ्चालकहरू निर्मला कर्नानी, निर्मला सरिया, दीपेन्द्रकुमार अग्रवाल भने बयानमा जान आनाकानी गरिरहेको स्रोतको दाबी छ ।

छानबिनकै क्रममा राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतले भगवती लेमिनेट्स प्रालिका सात जना सञ्चालकको सबै बैंक खाता र बैंक स्टेटमेन्टसमेत माग गरेका थिए । तर, उनीहरूको ती खाता’bout समेत विस्तृत अनुसन्धान हुन सकेको छैन ।

भगवती लेमिनेट्सले केही वर्षको अवधिमा कच्चा बिलमार्फत करोडौं बढीको कारोबार गरी राजस्व छली गरेको आधार भेटिएपछि सो प्रालिमाथि छानबिन थालिएको हो ।

लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको सो कम्पनीले अधिकांश कारोबार अन्डर इनभ्वाइसमा गर्ने गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरबाट बच्न अन्डर इनभ्वाइसमार्फत कारोबार गर्ने भए पनि सरकारी निकायले त्यस सम्बन्धमा पनि आवश्यक छानबिन गर्न सकेको छैन ।

भगवती लेमिनेट्सका कन्ट्री म्यानेजर विकास सिंहका नाममा करोडांैको चेक काट्ने गरेको प्रमाणसमेत फेला परिसकेका छन् । सिंहलगायत कम्पनीका अन्य कर्मचारीको नाममा समेत थप चेक काटेर राजस्व छली गर्ने गरिएको छ । सिंहलगायतका कम्पनीका कर्मचारीको बैंक खातामाथि अनुसन्धान गरेमा भगवती लेमिनेट्सका थप बद्मासी फेला पर्ने स्रोतले जानकारी दिएको छ । राजधानी दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको