Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड, अवितरित ९१ हजार कित्ता लिलामीमा जाने

अर्थ संसार

बुधबार, ३० चैत्र २०७८, ०७ : ४५ मा प्रकाशित

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयर बाँडफाँड, अवितरित ९१ हजार कित्ता लिलामीमा जाने

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेबाट निष्कासन तथा बिक्री खुल्ला गरेको ४० प्रतिशत हकप्रद सेयर बाँडफाँड गरिएको छ ।

कम्पनीको हकप्रदमा रितपूर्वक आवेदन दिने १३ हजार ६८९ जना सेयरधनीहरुलाई ४५ लाख ३९ हजार १४९ कित्ता सेयर बाँडफाँट गरेको हो । इन्स्योरेन्सले १०० रुपैयाँ अंकित दरको  ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर विक्री खुला गरेकोे थियो । यो पटक कम्पनीको ९१ हजार १९५ कित्ता सेयर वितरण हुन सकेन । 

कम्पनीले यो  पटक वितरण हुन नसकेको सेयर लिलामी प्रकृयाबाट विक्री गर्नेछ । कम्पनीले यो हकप्रद सेयर प्रयोजनका लागि फागुन १ गते, आइतबार एक दिन बुक क्लोज गरेकाले माघ २७ गते, बिहीबारसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयर खरीद गर्न सक्ने व्यवस्था थियो । 

हकप्रद बाँडफाँटमा सेयर नपरेका सेयरधनीहरुको रकम २०७९ बैशाख २ गतेदेखि फिर्ता भुक्तानी गरिने कम्पनीले जनाएको छ । फिर्ता गर्नुपर्ने रकम कनेक्ट आईपिएस मार्फत सेयर धनीहरुको खातामा पठाइने कम्पनीले जनाएको छ । 

कम्पनीको सूचनाः

62562eeccb214.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको