Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिक्सको स्मार्ट ६ नेपाली बजारमा, मूल्य कति ?

अर्थ संसार

बुधबार, ३० चैत्र २०७८, ११ : ४६ मा प्रकाशित

इन्फिनिक्सको स्मार्ट ६ नेपाली बजारमा, मूल्य कति ?

नेपालका लागि इन्फिनिक्स स्मार्टफोन ब्राण्डको आधिकारीक आयातकर्ता तथा बितरक कम्पनी सारथी इन्टरप्राइजेजले नेपाली बजारमा नयाँ बजेट स्मार्टफोन लन्च गरेकोछ । इन्फिनिक्सले नेपाली बजारमा स्मार्ट ६ मोडल लन्च गरेको हो । 

कम्पनीले नेपाली उपभोक्ताहरुको रुची र मागलाई ध्यानमा राखेर बजेट श्रेणीमा आकर्षक फिचर भएको नयाँ स्मार्टफोन ल्याएको हो ।

यो स्मार्टफोनमा ६.६ इन्चको एचडी प्लस आईपिएस डिस्प्ले राखेको छ । जसमा ५०० नीट्सको ब्राइटनेस रहेको छ । विशेषगरी लामो समयसम्म अनलाइन कक्षा वा गेम खेल्न चाहनेहरुका लागि ध्यानमा राखेर इन्फिनिक्सले स्मार्ट ६ फोनमा ५,००० एमएएचको शक्तिशाली ब्याट्री प्याक दिएको छ ।

कम्पनीले  स्मार्ट ६ मोडलमा ८ मेगापिक्सेलको ड्यूल रियर क्यामरा सेटअपका साथमा फिंगरप्रिन्ट तथा फेस अनलकको सुबिधा दिएको छ । त्यसैगरी सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसमा भिडियो कलका लागि फ्रन्ट फ्ल्याशलाइट समेत रहेको छ ।

एन्ड्रोयड ११ मा आधारित एक्सओएस ७.६मा संचालन हुने यो स्मार्टफोनमा मिडियाटेक अक्टाकोर १.६गीगाहर्ज एमटीके हेलियो ए२२ चिपसेट राखिएको छ ।

यस बाहेक कनेक्टिभिटीको लागि फोनमा फोरजी, वाईफाई, जीपीएस, ब्लूटूथ ५.० भर्सन, यूएसबी र ३.५ एमएमको हेडफोन ज्याक राखिएको छ ।

नेपाली बजारमा इन्फिनिक्स स्मार्ट ६ २जीबी र्याम र ३२ जीबी स्टोरेज अप्सनका साथमा उपलब्ध हुनेछ भने यसको बजार मूल्य १२,४९० तोकिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको