Like us!
Follow us!
Connect us!
Watch us!

सशस्त्र प्रहरीको महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

अर्थ संसार

बुधबार, ३० चैत्र २०७८, १५ : १० मा प्रकाशित

सशस्त्र प्रहरीको महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसीलाई नियुक्त गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र प्रहरी बलको प्रमुखमा नियुक्त गरेको हो ।

अतिरिक्त महानिरीक्षक (एआईजी) वरीयतामा पुष्पराम केसी अगाडी थिए । पुष्पराम केसीले गत चैत २८ गते सशस्त्र प्रहरी बलको निमित्त महानिरीक्षकको जिम्मेवारी पाएका थिए । निवर्तमान एआईजी शैलेन्द्र खनालको अवकाससंगै पुष्पराम केसी र उनकै ब्याचका रामशरण पौडेल आईजीपीका प्रतिस्पर्धी थिए ।

नवनियुक्त आईपी केसीले नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा प्रवेश गरेका हुन् । पुष्पराम केसी कार्य तथा सीमा सुरक्षा विभागको प्रमुख थिए । उनी २०७९ वैशाख १८ मा अवकाशमा जाँदैछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको