Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको कुमारी डबल धमाका, निक्षेपमा राखिएको रकम ७ वर्षमा डबल हुने

अर्थ संसार

शुक्रबार, ०२ बैशाख २०७९, ११ : १३ मा प्रकाशित

कुमारी बैंकको कुमारी डबल धमाका, निक्षेपमा राखिएको रकम ७ वर्षमा डबल हुने

कुमारी बैंकले नव वर्ष २०७९ को अवसर पारी “कुमारी डबल धमाका“ नामक मुद्दती निक्षेप ल्याएको छ ।

आफ्ना ग्राहकहरुलाई सुविधा दिने क्रममा बैंकले यो धमाका ल्याएको हो । निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त ब्याज जम्मा रकममा नै बढोतरी हुदै जाने यस मुद्दती निक्षेपमा, न्युनतम मौज्दात दश हजार रहेको छ । सो मुद्दती निक्षेपमा सजिलै ९०% सम्म कर्जा सुविधा समेत रहेको बैंकले जानकारी गराएको छ ।  

आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले विभिन्न नयाँ सेवाहरु संचालनमा ल्याएको छ ।

बैंकले देशव्यापी १९७ शाखा–संजाल, १७७ एटिएम, ४३ शाखारहित बैंकिंग इकाई तथा १६ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको छ ।  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको