वषौंदेखि आफ्नो उत्पादन बिक्री गरेर उपभोक्ताको मन जित्न सफल रन सुज ईण्डष्ट्रिज प्रा.लि. ले नयाँ वर्ष लक्षित नयाँ २५ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ । स्पोर्टस्मा १५ नयाँ मोडलकारपार्टी, क्याजुयलगरी २५ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ । स्पोर्टस् शुजमा युवालगायत सबै उमेर समूह सम्मका डिजाईनहरु रहेका छन् ।
स्वदेशमै उत्पादित जुत्ताचप्पलहरुको प्रयोगले हाल उत्पन्नभएको तरलता अभाव तथा स्वदेशी आत्मनिर्भरतामा समेत सहयोग पुग्ने र आम देशबासीग्राहकहरुले स्वदेशी उत्पादनको प्रयोगमा टेवा पुर्याउने कम्पनीका अध्यक्ष रुद्र न्यौपानेले बताए ।
रनका नयाँमोडलका जुत्ताहरुमा उच्च गुणस्तरिय कच्चा पदार्थहरुको प्रयोग गरी बनाईएको, लचिलो सोलका साथै चार एम.एम. को लचकदार इनसोलको प्रयोग गरि निकै आरामदायी हुनुका साथै सर्वसुलभ मूल्य रहेकोे कम्पनीले जनाएको छ । रनका जुत्ताहरुमा ग्राहकहरुले ६ महिनाको वारेन्टी समेत पाउने गरेका छन् ।
रन शुजको उपत्यकाबाहिर पोखरा, बुटवल, विराटनगर, बाग्लुङ्ग, नेपालगञ्ज, अत्तरिया, धनगढी लगायत स्थानहरुमा र उपत्यकाभित्र पाँच वटा आधिकारिक शोरुम सहित ७५ वटै जिल्लाहरुमा बिक्री वितरण हुँदै आएको छ र चाडै निर्यातको तयारीमा कम्पनीलागेको छ ।
उद्योगले हाल ६०० भन्दा धेरै मोडलका पार्टी शुज, स्पोर्टसशुज, क्याजुअलशुज, लोफर, स्कुल/कलेज शुजतथालेडिज र जेन्स चप्पल उत्पादन गरिरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस