Like us!
Follow us!
Connect us!
Watch us!

कति आयो कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी सेयरको कट अफ प्राइस ?

अर्थ संसार

आइतबार, ०४ बैशाख २०७९, ११ : १९ मा प्रकाशित

कति आयो कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी सेयरको कट अफ प्राइस ?

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र १६ गते, बुधबारबाट चैत्र २४ गते, बिहीबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा परेकाे बाेलपत्रहरू शुक्रबार खाेलिएकाे छ ।

उक्त सेयरकाे प्रारम्भिक कट अफ प्राइस सार्वजनिक भइसकेको छ । प्रारम्भिक विवरण अनुसार लिलामी सेयरमा २ सय २ रुपैयाँ ६ पैसा कट अफ कायम भएको निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जानकारी दिएकाे छ ।

बैंकले माघ ७ गतेबाट फागुन १३ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १ लाख २० हजार १ सय २० कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको