Like us!
Follow us!
Connect us!
Watch us!

'रुसले युक्रेनमा आणविक हतियार प्रयोग गर्न सक्छ'

अर्थ संसार

आइतबार, ०४ बैशाख २०७९, १४ : ३९ मा प्रकाशित

'रुसले युक्रेनमा आणविक हतियार प्रयोग गर्न सक्छ'

पूर्वसोभियत नेता निकिता ख्रुस्चेभकी पनातिनीले रुसले युक्रेनमा आणविक हतियार प्रयोग गर्न सक्ने बताएकी छिन् । अमेरिकामा अन्तर्राष्ट्रिय मामिलाकी प्राध्यापक निना ख्रुस्चेभाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्न सक्ने बताएकी हुन् । युद्धमा विजय दाबी गर्नका लागि पुटिनले जे पनि गर्ने उनको विश्वास छ । 

‘मलाई लाग्छ कि पुटिनले यो युद्ध जित्ने योजना बनाएका छन् । उनी कुनै पनि हालतमा युद्ध जित्ने योजना छन्’, उनले भनिन् । निकिता ख्रुस्चेभले सोभियत संघको नेतृत्व गर्दा शीतयुद्धकालीन लामो दूरीका क्षेप्यास्त्रहरूभन्दा रणनीतिक आणविक हतियार कम शक्तिशाली छन् । 

पुटिनको लामो समयदेखिकी आलोचक तथा न्युयोर्कको न्यु स्कुलकी प्राज्ञ निना मस्कोले युक्रेनी भूमिमा विनाशकारी प्रभाव पार्न त्यस्ता हतियार प्रयोग गर्न सक्ने त्रास व्यक्त गर्छिन् ।

रुसले युक्रेनमा आक्रमण गरेको केही दिनपछि खुस्चेभले विकासबाट आफू लज्जित भएको र जीवितै भएको भए उनका हजुरबुवाले यो आक्रमणलाई ‘घृणित’ भन्न सक्ने बताइन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको