चालु आर्थिक वर्षको ९ महिनामा १४ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । चैत सम्ममा गत वर्षभन्दा ३२ प्रतिशतले आयात बढेको छ । फागुनसम्ममा भने आयात ३८ प्रतिशतले बढेको थियो ।
उच्च दरमा आयात बढ्दा विदेशी मुद्राको सञ्चितिमा गिरावट आएपछि राष्ट्र बैंकले पुष ५ गते २० वस्तु आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नु पर्ने नीति लिएको थियो । पुष ५ गते लिएको नीतिले अपेक्षा अनुसार आयात नरोकिएपछि माघ २४ गते राष्ट्र बैंकले थप २७ बस्तु आयात गर्दा नगद मार्जिन राख्नु पर्ने नीति लिएको थियो ।
दुई पटक नगद मार्जिन राख्ने नीतिले समेत अपेक्षाअनुसार आयात नघटेपछि राष्ट्र बैंकले चैत २१ गते बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई निर्देशन दिँदै विलाशी बस्तुको आयातका लागि एलसी नै नखोल्न निर्देशन दिएको थियो । एलसी रोक्ने निर्णयको प्रभाव भने आगामी जेठसम्ममा देखिने भन्सार विभागका अधिकारी बताँउछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस