Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माईक्रोफाइनान्सको नाफा बढ्यो, प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९७ पैसा

अर्थ संसार

सोमबार, ०५ बैशाख २०७९, ०८ : ३० मा प्रकाशित

फर्स्ट माईक्रोफाइनान्सको नाफा बढ्यो, प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९७ पैसा

फर्स्ट माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को तेश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ।

कम्पनीले प्रकाशन गरेको विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। कम्पनीले यस त्रैमास सम्ममा रु.१६.६१ करोड खुद नाफा आर्जन गरेको देखिन्छ ।गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ११ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.४१ गुणा रहेको छ। त्यस्तै, लघुवित्तको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ८४ पैसा रहेको छ।

लघुवित्तको कुल शेयरधनीकोष वृद्धि भएर रु.१.२९ अर्ब कायम भएको छ जसले गर्दा प्रति शेयर किताबी मुल्य रु.१२६.६४ बाट बढेर रु.१३३.८४ कायम हुन आएको छ।

तेश्रो त्रैमासमा विभिन्न बैंक वित्तिय संस्थाहरु बाट रु.९.५४ अर्ब कर्जा सापट लिई रु.१०.४१ अर्ब कर्जा प्रवाह गरेको छ। 



 

625cd5e0e2a72.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको