Like us!
Follow us!
Connect us!
Watch us!

"गभर्नरका कारण सेयर बजार डुब्याे, लगानीकर्ताको मनोविज्ञानमा असर"

लगानीकर्ताको आवाज

सोमबार, ०५ बैशाख २०७९, १६ : ३८ मा प्रकाशित

अहिले बजार बियरिस नभएकाे र अहिलेको गिरावट बुलीसको बियरीस रहेको बताउँछन् नेपाल इन्भेष्टमेन्ट फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियार ।

अर्थ संसारकाे साप्ताहिक कार्यक्रम लगानीकर्ताकाे आवाजमा कुराकानी गर्दै उनले बजारकाे बुलिस बाँकी रहेको र बजार आफूमा सम्माहिले मौका नपाएको हुँदा बजारमा गिरावट देखिएको बताएका छन् । उनले भने, "समयान्तर बजारमा देखिएका नकारात्मक घटनाहरु सिसिडि रेसियोलाई सीडी रेसियो बनाइयो जसको कारणले बजारमा तरलताको समस्या आयो, राष्ट्र बैंकले २० अर्ब रुपैयाँ रिभर्स रिपो गर्यो र यसपछि आएको मौद्रिक नीतिसँगै बैंकमा पैसाको अभाव रह्यो र बैंकको ब्याजदर तिब्र रुपमा बढ्यो जसका कारण लगानीकर्ताको मनोविज्ञान नकारात्मक भएको हुँदा बजार बढ्न सकेकाे छैन ।"

लगानीकर्ताहरू बजारमा सकारात्मक कुराहरू खोजी रहेका र यी कुराहरुमा समाधान आएसँगै बजारले आफ्नो लय लिने उनको दावी छ।

बजारमा अहिले देखिएका सकारात्मक कुराहरू वैशाखमा चुनाव, एमसीसी पारित, बीमा समितिको पूँजी वृद्धि, अर्थमन्त्री पूँजी बजारबारे सकारात्मक तथा अन्य धेरै सकारात्मक मानिएका घटनाले अपेक्षित रूपमा बजारमा वृद्धि नदेखिएको कारणमा बोल्दै आफ्नो अध्ययनमा बजारले सकारात्मक भनिएका अनिश्चित कुराहरूलाई सकारात्मक नलिने र राजनीतिकका नीतिहरु योजनामा सीमित हुने कार्यान्यन नहुने हुँदा सकारात्मक कुरामा पनि लगानीकर्तामा अलमल सृजना भएको उनले बताएका छन् ।

सरकारले पूँजी बजारलाई सकारात्मक रूपमा नलिँदा लगानीकर्ताको मनोविज्ञानमा असर गरिरहेको र इन्साइडर ट्रेडिङ कर्नरिङ गर्नेहरूलाई नियामक निकायले कारबाही नगर्ने र विज्ञप्ति निकालेर लगानीकर्ता तर्साउने क्रियाकलाप गरेको उनकाे गुनासाे छ । सेबाेनको नीति भन्दा बाहिर पूँजीबजारबारे बोल्ने र लगानीकर्ताको हक हित विरुद्ध काम गर्नेलाई नियमनमा ल्याउनुपर्ने उनको सुझाव छ। 

बीमा कम्पनीको पूँजी वृद्धि बारे बोल्दै उनी नेपालमा आवश्यक भन्दा बढी बीमा कम्पनी रहेको कारण कम्पनीहरुलाई मर्ज, टेकओभर र एक्यूजिसन गर्नुपर्ने बताउँछन् । नेपालमा इन्स्योरेन्स अनिवार्य रहेको र कार्य सम्पादन गर्न पूँजी आवश्यक रहने हुँदा पूँजी वृद्धि सकारात्मक रहेको उनी बताउँछन्।  

अहिले मुद्रास्फीति, तरलता समस्या र महङ्गी बढिरहेको अवस्थामा नेपालको पूँजी बजारमा उछाल आउँछ भन्ने अपेक्षा गर्न मिल्ला त भन्ने प्रश्नमा बोल्दै उनले बैंकको ब्याजदर वृद्धि तथा अन्य घटनाहरू सबै मिली भगतमा भएको होकी भन्ने आशङ्का गरेका छन्। राष्ट्र बैंकले सिसिडी रेसियोलाई सिडी रेसियो बनायो जसले तरलता अभाव आयो र सरकारको हस्तक्षेपको आभास भएको उनले बताएका छन्। पहिलो र दोश्रो मौद्रिक नीति राम्रो आइरहेको बेला सरकार परिवर्तन भएसँगै तेश्रो मौद्रिक नीति बजार विरोधी आउनेमा उनी विश्वस्त रहेको बताएका थिए र तेश्रो मौद्रिक नीतिमा आशंका पूरा भएको उनी बताउँछन् ।

नियमनकारी निकायले बजारमा अर्को आखाँले हेरिदिँदा बजारमा पूरा ज्ञान बिना प्रवेश गरेका लगानीकर्तामा त्रास उत्पन्न भएको र बैंकको ब्याजदर र अहिले श्रीलंकाको कुराले महँगी बढी रहेको उनी बताउँछन्। 

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको