अहिले बजारमा खाना पकाउने ग्यासको अभाव भइरेको छ । ग्यासको अभावले कतिपयको घरमा राइस कुकरमा खाना पकाउन बाध्य भएका छन । कुनै पनि डिपोमा अहिले ग्यास राम्रो सग सर्भिस नभएको कारण कतिपय परिवारमा जंगफुड खाएर हिड्न बाध्य भएको बताउँछन् ।
कुनै पनि डिपोले अहिले ग्यास बुझ्न जादा नाम प्रत्येक पटक ग्यास बुझ्न पुग्दा प्रतिसिलिन्डर ५ हजारका दरले नयाँ सिलिन्डर किन्न बिक्रेताहरूले अफर दिने उनको गुनासो छ । चलाइरहेको सिलिन्डर साट्न ग्यास नहुने । तर, त्यही ब्राण्डको नयाँ सिलिन्डर भर्न कसरी ग्यास हुन्छ ? भान्साको सिलिन्डर रित्तिएपछि के गर्ने ? कसरी खाना पकाउने ?’ यसअनुसार अहिले बजारमा भरिएको प्रतिसिलिन्डर ग्यासको मूल्य ५ हजार रुपैयाँमा बिक्री भइरहेको देखिन्छ ।
जबकी ग्याससहितको नयाँ सिलिन्डरको खरिद मूल्य १६ सय ग्यास र ३ हजार सिलिन्डर गरेर कूल ४६ सय रुपैयाँ आसपास पर्ने नेपाल एलपी ग्यास उत्पादक संघ बताउँछ । तर डिपोको मनमानी ढंगबाट आफ्नो व्यापार चलिरहेको जनमानसको गुनासो रहेको छ ।
एलपी ग्यास उद्योग संघका अध्यक्ष कुश मल्ली बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको स्वीकार्छन् । भन्छन्, ‘चैत ५ देखि १५ गतेसम्म ग्यास आयातमा समस्या भयो । त्यसको प्रभाव अहिले बजारमा देखिइरहेको छ ।’ खास गरी पेट्रोलियम र एलपी ग्यास व्यवसायीले चैतमा ढुवानी कमिशन बढाउन माग राख्दै आपूर्तिमा समस्या सिर्जना गरेका थिए । सोही कारण यतिबेला बजारमा ग्यासको आपूर्ति व्यवस्थामा चाप परेको छ ।
सामान्य अवस्थामा नेपालभर दैनिक १ लाख वटा सिलिन्डर ग्यास खपत हुन्छ । यसका लागि डेढ करोड ग्यास सिलिन्डर बजारमा छन् । यस्तै, दैनिक ८० बुलेट हाराहारी ग्यास भारतबाट नेपालतर्फ भित्रिन्छन् । एउटा बुलेटमा १२ सय ५० वटा सिलिन्डर भरिने ग्यास बोकिएको हुन्छ । लगातार १५ दिनसम्म ग्यास आपूर्ति बिग्रँदा अहिलेसम्म बजारमा चाप परेको मल्ली बताउँछन् ।
यस्तै, संघका निवर्तमान अध्यक्ष गोकुल भण्डारी अबको एक सातासम्ममा ग्यास आपूर्ति सामान्य अवस्थामा फर्किसक्ने बताउँछन् । उनका अनुसार करिब १५ दिन सम्ममा बिग्रेको बजार व्यवस्था अहिले सामान्य अवस्थामा फर्किने क्रममा छ । यो पूर्ण रूपमा लयमा फर्कन थप साता दिन लाग्ने र त्यसपछि सामान्य बन्ने भण्डारीको भनाइ छ । गर्मी यामलाई ग्यासको अफसिजन समेत भनिन्छ । जाडो यामको तुलनामा गर्मी याममा ग्यासको खपत कम हुने गरेको संघको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस