Like us!
Follow us!
Connect us!
Watch us!

गोर्खाज फाइनान्सकाे नाफासँगै घट्याे ईपीएस, अधिकांश सूचक नकरात्मक

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, १३ : ४२ मा प्रकाशित

गोर्खाज फाइनान्सकाे नाफासँगै घट्याे ईपीएस, अधिकांश सूचक नकरात्मक

गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार फाइनान्सकाे नाफासँगै ईपीएस पनि घटेकाे छ ।

चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा फाइनान्सकाे खुद नाफा ९ करोड ४९ लाख २८ हजार रुपैयाँमा सिमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६५.३२ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा फाइनान्सले २७ करोड ३७ लाख ५२ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म फाइनान्स प्रतिसेयर आम्दानी ( ईपीएस) पनि ४२ रूपैयाँ ५ पैसाबाट घटेर १४ रूपैयाँ ५८ पैसामा झरेकाे छ । फाइनान्सकाे प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ९० पैसा रहेकाे छ ।

फाइनान्सकाे खुद नाफा सँगसँगै खुद व्याज आम्दानी र सञ्चालन मुनाफा पनि क्रमश : ३२ प्रतिशत र ६५ प्रतिशतले घटेकाे छ ।

त्यस्तै, फाइनान्सको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ र जगेडा कोषमा ८० करोड ६१ लाख ४८ हजार रुपैयाँ सञ्चित रहेको छ ।

फाइनान्सले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको