Like us!
Follow us!
Connect us!
Watch us!

बूढीगण्डकी खोसेपछि देखियो चिनीयाँ आक्रोस

अर्थ संसार

विहीबार, ०८ बैशाख २०७९, १३ : २१ मा प्रकाशित

बूढीगण्डकी खोसेपछि देखियो चिनीयाँ आक्रोस

पूर्ववर्ती ओली सरकारले चिनियाँ कम्पनी गेजुवालाई बूढीगण्डकी आयोजनाको ठेक्का दिएको थियो। तर देउवा सरकारले दुई साताअघि १२ सय मेगावाटको आयोजना आफैँ बनाउने निर्णय गर्यो । त्यसको दुई सातापछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले यो निर्णयमा चिनियाँ असन्तुष्टी सार्वजनिक गरेकी हुन् ।

नेपालमा सरकार बदलिएसँगै नीति परिवर्तन हुँदा चिनियाँ लगानीकर्ता चिन्तित हुने गरेको उनको भनाई थियो ।

यान्चीले चिनियाँ लगानीकर्ताले भोग्नुपरेका समस्याबारे सोधिएका प्रश्नको जवाफ दिँदै ‘ठूला आयोजना बनाउन चिनियाँ लगानीकर्ताले लामो समयसम्म तयारी गर्नुपरेको हुन्छ। सरकार परिवर्तन यहाँको आन्तरिक मामिला हो। प्रजातन्त्र भएका देशमा सरकार परिवर्तन हुनु नयाँ कुरा होइन। तर सरकार फेरबदल भएसँगै नीति परिवर्तन हुँदा उनीहरूलाई गाह्रो हुन्छ। यस्ता ठूला आयोजना बनाउन नीतिगत निरन्तरता हुनुपर्छ’ भन्ने धारणा राखिन् ।

राजदूत होउले चिनियाँ कम्पनीहरूले नेपालमा आयोजना बनाउँदा समयमै भुक्तानी नपाउने पनि समस्या रहेको बताइन्। घरजग्गा अधिग्रहण, रूख कटानलगायत कुराले पनि चिनियाँ कम्पनीलाई नेपालमा काम गर्न समस्या परेको उनको गुनासो थियो।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको