अमेरिकाबाट चेतावनी आइरहँदा पनि भारतले रुससँग तीव्र रूपमा तेल व्यापार गरिरहेको छ । युक्रेनमा झन्डै तीन महिनादेखि युद्ध गरिरहेको रुसमाथि पश्चिमा राष्ट्रहरूले कडा प्रतिबन्ध लगाइरहेका बेला भारतले चाहिँ विगतमा भन्दा दुई गुणा बढी कच्चा तेल खरिद गरेको बताइएको छ ।
यसमा राष्ट्रद्वारा सञ्चालित तेल रिफाइनरहरूले ‘पब्लिक टेन्डर’को सट्टा सहुलियतपूर्ण मूल्यमा खरिद गर्न निजी रूपमा सम्झौता अघि बढाइरहेको भारतीय रिफाइनरी अधिकारी तथा व्यापारीहरूले बताएका छन् । भारतले पश्चिममा कारोबार गर्ने युरल्सदेखि पूर्वतर्फको एस्पो कार्गोसम्म सबैबाट तेल खरिद गरिसकेको छ ।
गत हप्ता मात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री नरेन्द्र मोदीसँगको बैठकमा भारतको ऊर्जा आयातमा तालमेल मिलाउन मद्दत गर्ने प्रस्ताव गरेका थिए । तर, रुसी कच्चा तेलको व्यापारमा सबैतिरबाट बन्देज लाग्नुले यसलाई एकदम सस्तो र आकर्षक ‘डिल’ बनाइदिएको छ, जसकारण पश्चिमा राष्ट्रहरू रुसलाई रोक्ने आफूहरूको प्रायस खेर जाने चिन्तामा परेका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस