Like us!
Follow us!
Connect us!
Watch us!

रामेछापमा पहिलो पटक जुनार बीमा

अर्थ संसार

विहीबार, ०८ बैशाख २०७९, १८ : ३० मा प्रकाशित

रामेछापमा पहिलो पटक जुनार बीमा

रामेछाप–रामेछापमा पहिलो पटक जुनार खेतीको बीमा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोन मार्फत बिहीबार जुनार बीमा गरिएको हो ।

परियोजनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेड मार्फत जिल्लाको रामेछाप नगरपालिका ६ पुरानागाउँका ३ जना कृषकको ६ सय बोट जुनारको बीमा गरि किसानको बगैंचामा पुगेर बीमा लेख हस्तान्त्रण गरेको हो ।

बिमा गर्नु अघि जुनारको पिसिआर जाँच गर्दा स्वस्थ देखिएपछि बीमा गरिएको परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिरलाल गैरेले जानकारी दिए । उनले जुनार बगैंचामा रोग लाग्न नदिन टोली बनाएर बिषादी छर्ने व्यवस्था भएको बताए ।

बिमा मार्फत आगलागी, चट्याङ, भुकम्प, अधिक वर्षा, बाढी, पहिरो, खडेरी, आँधी बेहरी, असिना, हिउँ, तुसारो, आकस्मिक वाह्य दुर्घटना र रोगबाट हुने नोक्सानीको जोखिम बहन गरिने आइएमइ जनरल इन्स्योरेन्स रामेछापका प्रमुख विपिन भट्टराईले जानकारी दिए । उनले नोक्सानी भएमा अधिकतम बीमा रकमको सिमामा रही बास्तविक क्षतिको ९० प्रतिशत रकम भुक्तानी गरिने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको