Like us!
Follow us!
Connect us!
Watch us!

नेपालसँग अझ प्रगाढ सम्बन्ध चाहन्छौँ : जो बाइडेन

अर्थ संसार

शुक्रबार, ०९ बैशाख २०७९, १२ : २१ मा प्रकाशित

नेपालसँग अझ प्रगाढ सम्बन्ध चाहन्छौँ : जो बाइडेन

अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिका र नेपालका साझा मुद्दा अघि बढाउँदै दुई देशबीचको जारी बलियो र चिरस्थायी मित्रतालाई अझ प्रगाढ पार्न चाहेको बताएका छन्। अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीको ओहदाको प्रमाणपत्र स्वीकार गर्दै बाइडेनले उक्त धारणाा राखेका हुन्। 

राजदूत खत्रीले अमेरिकी विदेश मन्त्रालयमार्फत ओहदाको प्रमाणपत्र बुझाएका हुन्। कोरोना महामारीका कारण भौतिक उपस्थितिमा नभई कागजी प्रक्रियाद्वारा ओहदाको प्रमाणपत्र बुझाइएको वासिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी नेतृत्वको कार्यकाल सफलता र जनताको खुसीको कामना गर्दै पठाएको शुभकामना सन्देश हस्तान्तरण पनि गरेका थिए । साथै नेपालको समग्र विकासमा अमेरिकाले निरन्तर गरिरहेको सहयोगका लागि धन्यवाद दिएको दुतावासले बताएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको