Like us!
Follow us!
Connect us!
Watch us!

बजार अनुगमन प्रभावकारी बनाउन वाणिज्य मन्त्रीको निर्देशन

अर्थ संसार

शुक्रबार, ०९ बैशाख २०७९, १३ : ३७ मा प्रकाशित

बजार अनुगमन प्रभावकारी बनाउन वाणिज्य मन्त्रीको निर्देशन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । पछिल्लो केही दिनयता विभिन्न कारण देखाउँदै बजारमा अति आवश्यक वस्तुहरुको मूल्यवृद्धि तथा वस्तुहरुको अभाव देखिएको भन्दै मन्त्री बडूले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण समितिलाई निर्देशन दिएका हुन् ।

उनले आयात लगायतका कारण देखाई व्यापारीले उपभोग्य वस्तुको मूल्य वृद्धि गरेको तथा बजारमा अभाव देखिएको भनी फैलाइएको नकारात्मक हल्लाप्रति चिन्ता पनि जनाएका थिए । आमउपभोक्ता त्रासमा रहेकाले जनतालाई यथार्थ विवरणबारे जानकारी दिई आश्वस्त पार्न विभागलाई मन्त्री बडुको निर्देशन छ ।

रुस–युक्रेन युद्ध तथा नेपाल राष्ट्र बैंकले आयातमा गरेको कडाइका कारण बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य उच्च भएको छ । ठूला उद्योगी तथा व्यवसायीले आफूखुसी खाद्यान्नलगायत वस्तुको मूल्य बढाउँदा उपभोक्ता मारमा परेको उपभोक्ता अधिकारकर्मीहरुले बताउँदै आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको