एभरेष्ट इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने (आज) आइतबार वैशाख ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.३१५८ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले वैशाख २१ गते साधारण सभा डाकेको छ भने कम्पनीले साधारण सभा प्रयोजनका लागि वैशाख १२ गते बुक क्लोज गर्ने भएको छ । तेसैले आज सेयर हुने सेयरधनी बोनस प्राप्त गर्नेछन।
सभमा निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी सबै अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव छ । आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डार आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
सभमा कम्पनीको अधिकृत पुँजी बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । सभा, अग्रवाल भवन, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।
कम्पनीले आ.व. २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु. १,१८,३६,०४,४००।- (अक्षरेपी एक अरब अठार करोड छत्तीस लाख चार हजार चार सय मात्र) को ६ (छ) प्रतिशतका दरले हुन आउने रकम रु.७१०,१६,२६४।- (अक्षरेपी सात करोड दश लाख सोह हजार दुई सय चौसठी मात्र) बराबरको बोनस शेयर एवं उक्त बोनस सेयरमा लाग्ने कर वापत चुक्ता पूँजीको ०.३१५८ प्रतिशतले हुन आउने रकम रु. रु. ३७,३७,६९८/- (अक्षरेपी सैतीस लाख सैतीस हजार छ सय अन्ठानब्बे मात्र) नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस