Like us!
Follow us!
Connect us!
Watch us!

उपकार लघुवित्तको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

आइतबार, ११ बैशाख २०७९, १४ : २० मा प्रकाशित

उपकार लघुवित्तको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड वैशाख ९ गते, शुक्रबार सम्पन्न भइसकेकाे छ । 

संस्थाकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।

नेप्सेले संस्थाकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ४ सय ३ रूपैयाँ ९१ पैसादेखि अधिकतम एक हजार २ सय ११ रुपैयाँ ७३ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

संस्थाकाे आर्थिक वर्ष २०७७/७८ को  प्रतिसेयर नेटवर्थ ४ सय ३ रूपैयाँ ९१ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा एक हजार २ सय ११ रुपैयाँ ७३ पैसा हुन्छ ।

संस्थाले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको थियाे भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  बाँकी २ लाख २१ हजार १५६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले संस्थाकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियो । गोलाप्रथामार्फत बाँडफाँड गर्दा कुल २२ हजार ११५ जनाले सेयर हात पारेका थिए । जसमध्ये २२ हजार १०९ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् । कुल २३ लाख ५१ हजार ४६२ जनाले आवेदन दिएकामा २ हजार ४०६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २३ लाख ४९ हजार ५६ जना आवेदकलाई गोला प्रथामा सहभागी गराइएको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको