Like us!
Follow us!
Connect us!
Watch us!

उपकार लघुवित्तका १ लाख ८९ हजार संस्थापक सेयर बिक्री खुला

अर्थ संसार

विहीबार, १९ भदौ २०८२, ०८ : ०४ मा प्रकाशित

उपकार लघुवित्तका १ लाख ८९ हजार संस्थापक सेयर बिक्री खुला

उपकार लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर आज भदौ १९ गतेदेखि बिक्रीमा आएको छ। बाँकेको कोहलपुरस्थित महिला उपकार मञ्चको नाममा रहेको कुल १ लाख ८९ हजार ७९४ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरिएको हो।

यो सेयर खरिद गर्न पाउने अधिकार हाललाई केवल संस्थाका विद्यमान संस्थापक सेयरधनीहरूमै सीमित गरिएको छ। उनीहरूले तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेस गर्नुपर्नेछ।

सेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। इच्छुकले चाहना अनुसार बिक्रीमा राखिएका सम्पूर्ण कित्तासम्म खरिद गर्न सक्ने व्यवस्था पनि गरिएको छ। आवेदन पेश गर्न ३५ दिनको समय दिइएको छ।

संस्थापक सेयरधनीले काठमाडौंको थापाथलीस्थित ट्रेड टावरमा रहेको एनआईसी एसिया क्यापिटलको कार्यालय वा बाँकेको कोहलपुर–११ मा रहेको उपकार लघुवित्तको केन्द्रीय कार्यालयमा पुगेर निवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको