Like us!
Follow us!
Connect us!
Watch us!

उपकार लघुवित्तको आईपीओ बाँडफाँडको मिति तय, कहाँ र कहिले ?

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, १२ : ०८ मा प्रकाशित

उपकार लघुवित्तको आईपीओ बाँडफाँडको मिति तय, कहाँ र कहिले ?

उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड शुक्रबार हुने भएकाे छ ।

कम्पनीकाे आईपीओकाे बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार उक्त आईपीओ वैशाख ९ गते शुक्रबार, क्यापिटलकाे कार्यालय, हात्तिसार, काठमाडाैँमा बिहान ८ बजे गरिनेछ । उक्त साधारण सेयर (आईपीओ) काे प्रि-अलटमेन्ट हिजाे (वैशाख ६ गते, मंगलबार) सम्पन्न भएकाे थियाे ।

कम्पनीले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आईपीओ निष्कासन गरेको थियाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  बाँकी २ लाख २१ हजार १५६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

अन्तिम दिनसम्ममा २४ लाख ३१ हजार १ सय ७० जना लगानीकर्ताले २ करोड ७५ लाख ५६ हजार २ सय ३० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि छुट्याइएकाे भन्दा १२४.६४ गुणा धेरै हाे । मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गेलाप्रथाबाट बाँडफाँड गरिनेछ । 

कसरी निर्धारण हुन्छ तपाईलाई IPO पर्ने नपर्ने ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको