उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरण अनुसार गत आर्थिक वर्षमा उपकार लघुवित्तले नोक्सानीबाट नाफामा उक्लिएर आफ्नो वित्तीय प्रदर्शनमा ठुलो सुधार गरेको छ। संचालन आम्दानी र जोखिम व्यवस्थापनमा सुधार आएपछि संस्थाले बलियो आर्थिक आधार तयार गरेको देखिन्छ।
खुद नाफा
समीक्षा अवधिमा लघुवित्तले तीन करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक बर्षको तुलनामा १९७.४४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्त ३ करोड ५१ लाख रुपैयाँ नोक्सानीमा थियो।
खुद ब्याज आम्दानी/ अन्य सञ्चालन आम्दानी/कुल सञ्चालन आम्दानी
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १६.८२ प्रतिशत बढेको भने अन्य सञ्चालन आम्दानी १०५.४४ प्रतिशत र कुल सञ्चालन आम्दानी २२.८१ प्रतिशत बढेको छ। अघिल्लो आर्थिक वर्षमा ६ करोड ३९ रुपैयाँ सम्भावित जोखम बापतको व्यवस्थामा छुट्याएको यस लघुवित्तले गत आर्थिक वर्षमा १ करोड ८ लाख रुपैयाँ मात्र छुट्याएको छ। सोही कारण लघुवित्त नाफामा पुगेको हो।
प्रतिसेयर आम्दानी/ प्रतिसेयर नेटवर्थ/मूल्य आम्दानी अनुपात
असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ २६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९० रुपैयाँ ९६ पैसा र मूल्य आम्दानी अनुपात १०५.०७ गुणा रहेका छ।
चुक्ता पूँजी/जगेडा कोष
यो अवधिमा १० करोड ६१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ७ लाख रुपैयाँ सञ्चित छ।
निक्षेप/सापटी/कर्जा लगानी
गत आर्थिक वर्षको अन्त्यस्म्ममा लघुवित्तले ९२ करोड ३६ लाख रुपैयाँ निक्षेप तथा १ अर्ब ४० करोड २७ लाख रुपैयाँ सापटीबाट २ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस