Like us!
Follow us!
Connect us!
Watch us!

एमालेबाट काठमाडौं मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता

अर्थ संसार

सोमबार, १२ बैशाख २०७९, १३ : ३६ मा प्रकाशित

एमालेबाट काठमाडौं मेयरमा स्थापित र उपमेयरमा डंगोलको उम्मेदवारी दर्ता

एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ । 

काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयन दर्ताको दोस्रो दिन सोमबार स्थापित र डंगोलले उम्मेदवारी दर्ता गराएका हुन् । 

स्थापित काठमाडौं महानगरको पूर्व मेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् भने डंगोल पूर्व मिस नेवा हुन् । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा स्थापित काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका थिए । यसपटक पनि एमालेले पूर्वमेयर स्थापितलाई नै काठमाडौं मेयरमा अघि सारेको हो । 

626653333ac35.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको