Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् बम्पर लाभांश दिएर सेयरधनीलाई मख्ख पार्ने ५ कम्पनी

अर्थ संसार

आइतबार, १८ बैशाख २०७९, १६ : ५२ मा प्रकाशित

यी हुन् बम्पर लाभांश दिएर सेयरधनीलाई मख्ख पार्ने ५ कम्पनी

आज हामी गत आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट उत्कृष्ट लाभांश दिएर सेयरधनीहरूलाई मख्ख पार्ने टप ५ कम्पनीकाे कुराकानी गनेछाैँ ।

याे वर्ष सर्वाधिक लाभांश वितरण गर्ने टप ५ कम्पनीहरू यस प्रकारका छन् :

१. युनिलिभर नेपाल लिमिटेड

युनिलिभर नेपालले गत आर्थिक वर्ष ७७/७८ काेे मुनाफाबाट सेयरधनीहरुका लागि प्रति सेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गरेकाे छ । याे लाभांश नै गत आर्थिक वर्ष २०७७/७८ काे उच्च लाभांश हाे ।

२. हिमालयन डिष्टिलरी

हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ७५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेकाे थियाे ।

३. जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

४. महिला लघुवित्त वित्तीय संस्था लिमिटेड

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५ प्रतिशत बाेनस र २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

५. मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेड

मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियाे ।

चिरफार: सेयरबजारमा वनको बाघले खाओस्, नखाओस् मनको बाघले काच्चै चपाइरहेको हुन्छ | Basanta Pandey

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको