Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेड इन्स्योरेन्स ‘बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित

अर्थ संसार

सोमबार, १९ बैशाख २०७९, १४ : २५ मा प्रकाशित

यूनाइटेड इन्स्योरेन्स ‘बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित

यूनाइटेड इन्स्योरेन्स ‘बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित भएको छ । छिमेकी मुलुक भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरकोे एसिया स्थरको ‘तेस्रो इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड २०२१’ मा नेपालबाट ‘बेस्ट जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर’ बाट यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लिमिटेड सम्मानित भएको हाे ।

उक्त अवार्ड ग्रहण गर्नका लागी कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल उक्त कार्यक्रममा उपस्थित भएकी थिन् । 

विश्व विख्यात प्राप्त चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था PWC ले स्वतन्त्र रुपमा मूल्यांकन गर्दा विभिन्न  वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादन गर्न तथा निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लिमिटेडले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । कम्पनी संचालनको २८ औं वर्षमा कम्पनीले गत FY 2020-21 मा सर्वप्रथम १ अर्ब क्लबमा आफूलाई सामेल गराउन सफल भएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको