Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई जनरल इन्स्याेरेन्सकाे लिलामी सेयरमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

अर्थ संसार

मंगलबार, २० बैशाख २०७९, ११ : ४२ मा प्रकाशित

आइएमई जनरल इन्स्याेरेन्सकाे लिलामी सेयरमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

आइएमई जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडले वैशाख १२ गतेदेखि अवितरित हकप्रद  सेयर लिलाम बढाबढ गरी बिक्री गरिरहेको छ । उक्त सेयरमा आवेदन दिने म्याद एक दिन थपिएकाे छ । 

कम्पनीकाे लिलामी सेयरमा आजसम्म आवेदन दिन पाइने भनिएकाे थियाे । तर आज सार्वजनिक बिदा परेकाे हुनाले एक दिन म्याद थपेर भाेलिसम्म पुर्याइएकाे कम्पनीले जनाएकाे छ । 

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेबाट चैत्र १३ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयरमध्ये बिक्री नभएकाे संस्थापक समूहको २ हजार २ सय ६१ कित्ता र सर्वसाधारण समूहको ८८ हजार ९ सय ३४ कित्ता सेयरहरू लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे हाे । 

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

ग्लोबल आइएमई क्यापिटल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडकाे ताेकिएका शाखा कार्यलयहरूबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6270c4f9bd6c6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको